Monday 17th November 2025

तान्त्रिक प्रयोजनका लागि शरीरका अंग बिक्री हुने लोभले महिलाको हत्या


 तान्त्रिक प्रयोजनका लागि शरीरका अंग महँगो मूल्यमा बिक्री हुने भ्रमपूर्ण हल्लाको विश्वासमा परी एक समूहले कपिलवस्तुकी एक महिलाको हत्या गरेको प्रहरीले जनाएको छ ।लुम्बिनी साँस्कृतिक नगरपालिका–५ बुडन्तपुरस्थित माइतीघरमा विगत १२–१३ वर्षदेखि बस्दै आएकी सरजहाँ दर्जीको हत्या भएको हो । उनको शव हातका औंलाहरु नभएको अवस्थामा गत चैत १२ गते बेतिया नदीमा फेला परेको थियो ।

कपिलवस्तु प्रहरी प्रमुख नवराज अधिकारीले महिलाका हातका औंलाहरु प्रतिऔंला ७०/८० लाख रुपैयाँमा बिक्री हुने विश्वासमा दर्जीको हत्या गरेर औंलाहरु काटेर लगेको पाइएको बताए । उनले यसलाई संगठित अपराधको नौलो घटना भने ।‘मृतकका हातका औंलाहरू बिक्री वितरण गर्ने प्रयोजनको लागि विभिन्न व्यक्तिहरुलाई दिइसकेको अवस्थामा हत्यामा संलग्नसहित ६ जनालाई पक्राउ गरेका छौं,’ जिल्ला प्रहरी प्रमुख अधिकारीले भने, ‘नेपालमा संगठित अपराधको यो नौलो घटना हो ।’

यो घटनामा संलग्न भएको आरोपमा शुद्धोधन गाउँपालिका–२ नन्दनगरका ३९ वर्षीय अब्दुल कलाम मुसलमान, बेलाल अहमद मुसलमान, शुद्धोधन गाउँपालिका–५ शिवालवाका ४५ वर्षीय कृष्ण कुर्मी, शुद्धोधन–५ बिसुनपुराका ५५ वर्षीय रामहरक यादव, रुपन्देही सैनामैना नगरपालिका–१ बनकट्टाका ६७ वर्षीय कर्णबहादुर सुनार र नवलपरासी मध्यबिन्दु नगरपालिका–७ घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका–९ शिवनगर डेरा गरी बस्ने ६७ वर्षीय खेमबहादुर मल्ल छन् । उनीहरुको साथबाट हत्या गरिएकी महिलाका हातका औंलाहरु बरामद गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।अब्दुल कलाम र बेलाल अहमदले फोन गरेर बोलाई बेतिया नदी छेउको चौरमा ती महिलाको घाँटी थिचेर हत्या गरेको प्रहरीको भनाइ छ । त्यसपछि शवलाई बोरामा राखेर नदीमा फालेको पाइएको प्रहरीले जनाएको छ ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

जुलाईमा दक्षिणी प्रान्त स्वेदामा भएको साम्प्रदायिक हिंसाको अनुसन्धानको क्रममा सिरियाको सुरक्षा र सैन्य सेवाका सदस्यहरूलाई हिरासतमा राखिएको छ, जसमा सयौं…

बहिष्कृत प्रधानमन्त्री शेख हसिना र उनको पूर्व सत्तारूढ दल अवामी लिगले विद्यार्थी आन्दोलनमाथि भएको दमनको मुद्दाविरुद्ध राष्ट्रव्यापी ‘लकडाउन’ आह्वान गरेपछि…

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

प्रतिकृयाहरू
...