Tuesday 7th October 2025

जापानमा गर्मीको कारण ३० जनाको मृत्यु


तितोपाटी – जापानमा अत्यधिक गर्मीका कारण करिब ३० जनाको ज्यान गएपछि देशभर मानिसहरूलाई सावधान हुन भनिएको छ।

गर्मीसँग जोडिएका स्वास्थ्यसमस्याको उपचार गराउन हजारौं मानिसहरू अस्पताल पुगेका छन्।

यो साताको सुरुमा मध्य जापानमा तापक्रम ४०.७ डिग्री सेल्सियससम्म पुगेको थियो, जुन पाँच वर्ष यताकै उच्च हो।

क्योतो शहरमा लगातार ७ दिनसम्म तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि रह्यो।

उन्नाइसौं शताब्दीमा तापक्रमको रेकर्ड राख्न थालिए यता कै यो पहिलो त्यस्तो घटना थियो।

जापानको शिक्षा मन्त्रालयले स्कूलहरूलाई उच्च गर्मीबाट जोगिन सक्दो उपाय अपनाउन भनेको छ।

मंगलवार आइची प्रिफेक्चरमा बाहिरी कक्षामा राखिएका कारण एक छ वर्षिय बालकको ज्यान गएको थियो।

यसै महिनाको सुरुमा भएको ठूलो वर्षाका कारण उत्पन्न बाढी र पहिरोले जापानमा दुई सयभन्दा धेरैको ज्यान गएको थियो।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- बिगत दुई दिन देखि   निरन्तर परेको पानीको कारण बाढी पहिरो परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।नेपाल प्रहरीले…

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । …

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

प्रतिकृयाहरू
...