Sunday 15th February 2026

जापानमा गर्मीको कारण ३० जनाको मृत्यु


तितोपाटी – जापानमा अत्यधिक गर्मीका कारण करिब ३० जनाको ज्यान गएपछि देशभर मानिसहरूलाई सावधान हुन भनिएको छ।

गर्मीसँग जोडिएका स्वास्थ्यसमस्याको उपचार गराउन हजारौं मानिसहरू अस्पताल पुगेका छन्।

यो साताको सुरुमा मध्य जापानमा तापक्रम ४०.७ डिग्री सेल्सियससम्म पुगेको थियो, जुन पाँच वर्ष यताकै उच्च हो।

क्योतो शहरमा लगातार ७ दिनसम्म तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि रह्यो।

उन्नाइसौं शताब्दीमा तापक्रमको रेकर्ड राख्न थालिए यता कै यो पहिलो त्यस्तो घटना थियो।

जापानको शिक्षा मन्त्रालयले स्कूलहरूलाई उच्च गर्मीबाट जोगिन सक्दो उपाय अपनाउन भनेको छ।

मंगलवार आइची प्रिफेक्चरमा बाहिरी कक्षामा राखिएका कारण एक छ वर्षिय बालकको ज्यान गएको थियो।

यसै महिनाको सुरुमा भएको ठूलो वर्षाका कारण उत्पन्न बाढी र पहिरोले जापानमा दुई सयभन्दा धेरैको ज्यान गएको थियो।


सम्बन्धित शीर्षकहरु

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा–आराधना तथा दर्शन गरी श्रद्धापूर्वक मनाइँदैछ। विशेष गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा बिहानैदेखि भक्तजनको उल्लेख्य…

प्रतिकृयाहरू
...