Friday 15th May 2026

कुवेतका अब्दुल्लाह नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक


तितोपाटी- कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एएफसी कोचिङ इन्स्ट्रक्टर समेत रहेका अब्दुल्लाहलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
एन्फाले अब्दुल्लाहलाई एक वर्षको लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । एन्फाले मुख्य प्रशिक्षक बालगोपाल महर्जनको स्थानमा उनलाई नियुक्त गरेको हो । महर्जनले हालै नेपाललाई थ्री नेसन्स कपको उपाधि दिलाएका थिए ।
तर, फिफा विश्वकप छनोटका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक चाहिने भएपछि एन्फाले अब्दुल्लाहलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । अब उनले विश्वकप छनौटमा नेपालले खेल्न बाँकी रहेको ३ खेल र साफ च्याम्पियनसिपमा नेपाली टिम हेर्ने छन् ।
कतार फुटबल एसोसियसनको सहयोगमा अब्दुल्लाह गत चैत ६ गते नेपाल आएका थिए । कुवेती प्रशिक्षक अब्दुल्लाह अनुभवी प्रशिक्षक हुन् । उनले कतारको अल शाहनी फुटबल क्लब यू-२३ र किर्गिस्तान यू-१७ टिमसँग काम गरिसकेका छन् । साउदी अरेबिया र कुवेतको क्लबमा पनि उनले काम गरिसकेको एन्फाले जनाएको छ ।

सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

प्रतिकृयाहरू
...