Sunday 16th August 2026

कविताः आत्मत्यागी – छन्द: स्रग्धरा -हरि शर्मा (सुवेदी) ‘गलकोटे कवि’


म्रभ्नैर्यानां त्रयण, तृमुनियतियुता:, स्रग्धरा कीर्तितेयम् ।>🌷🙏🌺

थोत्रो पाटी उज्यालो, मलिन तृणकुटी, कन्दरा झन् उज्यालो,
भिक्षा भारी उज्यालो, अझ वन-वनको साग सिस्नु उज्यालो ।
फ्याङ्लो गुन्द्री उज्यालो, वरपर घुमदा जीर्ण कन्था उज्यालो,
तृष्णाको तुच्छ जालो मनबीच नभए, जो मिल्यो सो उज्यालो ।। सत्य सन्देश- लेखनाथ पौड्याल

होपापापी बढेको सकल भुवनमा लोभको राज्यसत्ता
ज्ञानावस्था हरायो सकस मनुजता जिन्दगी आत्मरक्षा
आत्मत्यागी रहेनन् हरपल जगमा देख्दछौँ होडबाजी
तृष्णा जालो बढेको दिनदिन मनमा दानवी चालबाजी ।🌷🙏🌺

लोभी पापी बनेका असुर कपटमा मार्दछन् लोकवाद
तानातानी गरेका खुबसित घरमा पाल्दछन् ज्यानमारा
आफू मात्रै गराए झलमल घरमा सोच्दछन् मोजमज्जा
लात्तालात्ती चलेको हतपत यिनको मार्दछन् लोकसत्ता ।🌷🙏🌺

चौकीदारी गरेका हरपल पदको छाड्दछन् लोकसेवा
हाकाहाकी भएको असिमित धनको आडमा लोकहत्या
हान्दै मार्दै डुलेका भकभक यिनले झोकमा लोकवार्ता
गाह्रोसाह्रो परेको असल मनुजमा झेल्दछन् ज्यानमुध्दा।🌷🙏🌺

ज्ञानी मान्छे भनेका खलबल नगरी पाल्दछौँ लोकवाद
धोकेबाजी बढेका गडबड रणमा फाल्दछन् ज्ञानयोग
दोषग्राही समाए अलमल नगरी खोज्दछन् दोष मात्र
दोसामोसी चलाए प्रचलन झुटको पापको होमकुण्ड ।🌷🙏🌺

इर्श्या नानी बसेकी सुर र असुरको साथमा एकनास
इर्श्या हावी हुनाले झटपट असुरले मार्दछन् कर्मवाद
द्यौता ज्ञानी बुझेका हतपत उनले छाड्दछन् पक्षपात
तृष्णा इर्श्या असत्ती अलमल डरले घुम्दछन् मध्यरात ।🌷🙏🌺

हरि शर्मा (गलकोटे कवि)
मिशिगन, अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

इरानसँगको युद्ध छ महिनासम्म लम्बिँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सुरुवातमा राखेका कडा लक्ष्यहरू क्रमशः सीमित हुँदै गएको संकेत…

BREAKING: इरानी अधिकारीहरूले मार्जिएह नेयरी (Marzieh Neyri, जसलाई Marziyeh Nayeri भनेर पनि उल्लेख गरिएको छ) नामकी एक युवतीलाई मृत्युदण्ड दिएका…

काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्। चीनको ग्वाङ्झाउमा सुरु…

प्रतिकृयाहरू
...