Friday 19th June 2026

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन


तितोपाटी- नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको आज (शुक्रबार) निधन भएको छ । गएको फागुन १४ गते मष्तिष्काघात भई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराइरहेका नेता जोशीको शुक्रबार राति ८ः२४ बजे निधन भएको अस्पतालले जनाएको छ ।

मष्तिष्काघातपछि उनलाई नर्भिक अस्पतालको आईसीयूमा राखी उपचार गरिएको थियो । भेन्टिलेटरको सपोर्टमा उपचार जारी राखिएको थियो । अस्पतालका अनुसार शुक्रबार बिहानदेखि उनको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उनको निधन भएको नर्भिक अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. राजीव झाले बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...