Sunday 1st November 2026

एमाले संसदीय दलको बैठकमा नेपाल-खनाल समूह सहभागी हुने


तितोपाटी- नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएको छ ।

शुक्रबार कलंकीको मेगा पार्टी प्यालेसमा बसेको नेपाल समूहका केन्द्रीय सदस्यहरुको बैठकले प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो ३ बजे बस्ने गरी पार्टीको संसदीय दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएर आफ्ना धारणा राख्ने निर्णय भएको पाण्डेले बताए । यसअघि प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल समूह सहभागी भएको थिएन ।यस्तै, नेपाल समूहको बैठकले तत्काल पार्टीको स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्ने निर्णय गरेको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

काठमाडौँ, ३१ अक्टोबर। हिन्दू धर्मावलम्बीका धार्मिक मान्यता र भारतीय चिकित्सकबारे अपमानजनक टिप्पणी गरेको भिडियो सार्वजनिक भएपछि इजरायली–अमेरिकी यहुदी धर्मगुरु योसी…

अमेरिकाको University of Florida का अनुसन्धानकर्ताहरूले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर मानिसको कपडा लगाएको तस्बिरलाई नक्कली नग्न तस्बिरमा परिवर्तन गर्ने…

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

प्रतिकृयाहरू
...