Tuesday 27th January 2026

कर्मचारीमा कोरोना संक्रमण भए पछी नेपाली राजदूतावास कुवेत केही दिनको लागि बन्द


तीतोपाटी डटकम- सेवाग्राहीहरुको सेवामा रहदै गर्दा नेपाली राजदूतावास कुवेतमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिए पछी नेपाली राजदूतावास कुवेत अर्को सुचना नभए सम्मका लागि बन्द हुने भएको छ । नेपाली राजदूतावास कुवेतले आज मार्च १८,२०२१ का दिन एक सुचना जारी गर्दै उक्त जानकारी दिएको हो।
दूतावास द्वारा प्रकाशित सुचनामा भनिएको छ, ‘यस अवस्थामा सेवाग्राहीहरूलार्इ अत्यावश्यक सेवा सम्बन्धी महत्वपूर्ण जानकारी लिनुपरेमा दूतावासको हटलाइन नं तथा बिभिन्न मध्यमवाट संपर्क गर्न सकिने
छ।’

नेपाली राजदूतावास कुवेतको जरूरी सूचना जस्ताको तस्तै:-

नेपाली राजदूतावास कुवेतको जरूरी सूचना ।
—————————————–
यस राजदूतावासले कोभिड-१९ को विषम परिस्थितिमा समेत कुवेत सरकारको स्वास्थ्य सम्बन्धी निर्देशिका तथा मापदण्डहरू पालन गरी निरन्तर रूपमा सेवाग्राहीहरूलार्इ सेवा प्रवाह गर्दै अाइरहेको व्यहोरा सबैमा विदितै छ । स्वास्थ्य सम्बन्धी मापदण्डहरूको पालना गर्दागर्दै पनि दूतावासको एक कर्मचारी कोभिड-१९ बाट संक्रमित हुनुभएको हुँदा सेवाग्राहीहरूको स्वास्थ्य सुरक्षा र सुविधालार्इ ध्यानमा राखी सेवाग्राही भौतिक रूपमा उपस्थित भर्इ लिनुपर्ने सेवाहरू (जस्तैः राहदानी नविकरण, कागजात प्रमाणीकरण, कागजात जारी अादि) आज मिति २०७७ चैत्र ०५, बिहीबार देखि अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको छ ।यसबाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति दूतावास क्षमाप्रार्थी छ ।

यस अवस्थामा सेवाग्राहीहरूलार्इ अत्यावश्यक सेवा सम्बन्धी महत्वपूर्ण जानकारी लिनुपरेमा दूतावासको निम्न हटलाइन नम्बर, टेलिफोन नम्बर तथा इमेल मार्फत सम्पर्क गर्नुहुन अनुरोध छः
हटलाइन नम्बरः 98869121
टेलिफोन नम्बरः 25321603, 25321604, 25321605
इमेलः [email protected]
फेसबुकः Embassy of Nepal, State of Kuwait
———————————————————
मितिः २०७७ चैत्र ०५ (तदनुसार १८ मार्च २०२१)
नेपाली राजदूतावास, कुवेत


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...