Monday 7th September 2026

धर्मिला कार्कीको गजल संग्रह – १४


शिव ब्रह्मा शिव विष्णु शिव नै महेश्वर ।
अनादि अनन्त महांकाल उनै विश्वम्भर ।

भूतप्रेत साथमा लिई भाङ्ग धतुरो खाने
खरानी घसि बाघको छाला बेर्छन् दिगम्बर ।

कालकुट विष निलेर प्राणीलाई बचाए
उग्र हुँदा अनेक रुप विरभद्र भयकंर ।

त्रिलोकका अधिपति सृष्टि र संहारकर्ता
भक्ति गर्छन् उनैको देवता राक्षस र नर ।

दु:ख हर्ने,भवसागर तार्ने दयालु भगवानको
भक्तिभाबले भजन गाऊ हर महादेव हर ।

-धर्मिला कार्की
चिसंखुगढी-३, ओखलढुङ्गा
हाल: महाराजगन्ज-३ काठमाडौं


सम्बन्धित शीर्षकहरु

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

जर्मनीको स्याक्सोनी-आनहाल्ट राज्यको चुनावमा दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (AfD) पार्टीले ठूलो जित हासिल गरेको छ। पार्टीले करिब ४४ प्रतिशत मत…

अमेरिका र इरानबीचको तनाव पछिल्ला दिनहरूमा थप चर्किएको छ। विश्वकै महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य क्षेत्रमा दुवै देशबीच…

प्रतिकृयाहरू
...