Tuesday 7th October 2025

ट्रम्पद्वारा पुटिनलार्इ अमेरिका भ्रमणको निम्तो


तितोपाटी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी नेता भ्लादिमिर पुटिनलाई आगामी शरद ऋतुमा अमेरिकाको भ्रमण गर्न निम्तो दिएको ह्वाइट हाउसका अधिकारीहरूले बताएका छन्।

ह्वाइट् हाउसकी प्रवक्ताका अनुसार पुटिनको अमेरिका भ्रमणको लागि तयारी सुरु भइसकेको छ।

ट्रम्प र पुटिनबीच हालै फिनल्याण्डको राजधानीमा भएको बैठकलाई लिएर विवाद चर्किरहेको बेला पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिइएको प्रसङ्ग अगाडि आएको छ।

पुटिनलाई अमेरिका भ्रमणमा बोलाइएको विषयमा रुसको प्रतिक्रिया बाहिर आइसकेको छैन। तर त्यो प्रसङ्ग सार्वजनिक भएलगत्तै कतिपय अमेरिकी अधिकारीले आश्चर्य प्रकट गरेका छन्। त्यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकहरूलाई रुसले सोधपुछ गर्न पाउनु पर्ने भन्ने पुटिनको प्रस्ताव अस्वीकार गरिदिएका थिए।

ट्रम्प र पुटिनबीच सोमबार फिनल्याण्डमा शिखर बैठक भएको थियो तर त्यसका उपलब्धिका विषयका थोरै जानकारी मात्रै बाहिर आएको छ।

हेलसिन्की बैठकपछिको पत्रकार सम्मेलनमा ट्रम्पले दिएको प्रतिक्रियाका विषयमा तीव्र विवाद भइरहेको छ।

तर ट्रम्पले ट्विटरमार्फत् दिएको सन्देशमा रुसमा भएको शिखर बैठक निकै सफल भएको बताएका छन्।

उनले गलत समाचार प्रवाह गर्ने सञ्चार माध्यमहरूलाई उनकै शब्दमा “जनताका सत्रु” भएको भन्दै आलोचना गरेका छन्।

नले अब अर्को बैठकमा आतंकवादविरुद्ध लड्ने उपाय इजरेलको सुरक्षा र परमाणु अस्त्रका विषयमा कुराकानी हुने बताएका छन्।

अमेरिकी राष्ट्रिय गुप्तचर निकायका निर्देशक ड्यान कोट्सले पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिइएको खबरप्रति आश्चर्य व्यक्त गरेका छन्।

एक सम्मेलनमा हासेर बोल्दै उनले “त्यो भ्रमण विशेष हुने” प्रतिक्रिया दिएका छन्।

उनले हेलसिन्की बैठकमा ट्रम्प र पुटिनबीच भएको कुराकानीबारे आफूलाई केही थाहा नभएको बताए।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- बिगत दुई दिन देखि   निरन्तर परेको पानीको कारण बाढी पहिरो परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।नेपाल प्रहरीले…

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । …

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

प्रतिकृयाहरू
...