Monday 26th October 2026

रमेश “संयोग” श्रेष्ठका ५ वटा दमदार मुक्तकहरू


मुक्तक

१.
जसोतसो जिन्दगानी जाला भन्नुहुन्थ्यो बा ।
धुजा धुजा पर्छ तेरो पैताला भन्नुहुन्थ्यो बा ।।
याद आउँछ बाबाको अन्तिम बोलिवचनको ।
यस्ले खै कसरी गरिखाला भन्नुहुन्थ्यो बा ।।

२.
धर्म भुलेर मान्छेले पाप बोलि रहन्छ ।
भईरहेको सम्बन्धलाई बिथोलि रहन्छ ।।
आखिर के पाउनुको लागि यो सब ।
अनावश्यक झमेलामा मोलि रहन्छ ।।

३.
घटना घट्छ अपराधीको बचाउ हुन्छ फेरि ।
गाह्रो छ प्रहरीलाई कसरी समाउ हुन्छ फेरि ।।
कानुन भएता पनि अन्धो र बहिरो बनेपछि ।
न्याय मिल्छ भन्दैमा काम चलाउ हुन्छ फेरि ।।

४.
कहिलेकाँही हुन्छ मनमुटाव बुढाबुढिमा ।
रिसरागले गर्दा शिलस्वभाव बुढाबुढिमा ।।
घमण्ड मनमा राखेर सिमाको घेरा नाघेर ।
बिछोड हुँदाखेरी साह्रै तनाव बुढाबुढिमा ।।

५.
स्वार्थ मनमा राखि छलकपट गर्छ मान्छेले ।
दया , माया त्यागी छलकपट गर्छ मान्छेले ।।
पछाडिबाट प्रहार गर्दै अगाडि बचाएजस्तो ।
यहाँ यस्तै छ साथी छलकपट गर्छ मान्छेले ।।

रमेश “संयोग” श्रेष्ठ
मोरङ , उर्लाबारी
हाल :- साउदी , रियाद


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...