Monday 7th September 2026

रमेश “संयोग” श्रेष्ठका ५ वटा दमदार मुक्तकहरू


मुक्तक

१.
जसोतसो जिन्दगानी जाला भन्नुहुन्थ्यो बा ।
धुजा धुजा पर्छ तेरो पैताला भन्नुहुन्थ्यो बा ।।
याद आउँछ बाबाको अन्तिम बोलिवचनको ।
यस्ले खै कसरी गरिखाला भन्नुहुन्थ्यो बा ।।

२.
धर्म भुलेर मान्छेले पाप बोलि रहन्छ ।
भईरहेको सम्बन्धलाई बिथोलि रहन्छ ।।
आखिर के पाउनुको लागि यो सब ।
अनावश्यक झमेलामा मोलि रहन्छ ।।

३.
घटना घट्छ अपराधीको बचाउ हुन्छ फेरि ।
गाह्रो छ प्रहरीलाई कसरी समाउ हुन्छ फेरि ।।
कानुन भएता पनि अन्धो र बहिरो बनेपछि ।
न्याय मिल्छ भन्दैमा काम चलाउ हुन्छ फेरि ।।

४.
कहिलेकाँही हुन्छ मनमुटाव बुढाबुढिमा ।
रिसरागले गर्दा शिलस्वभाव बुढाबुढिमा ।।
घमण्ड मनमा राखेर सिमाको घेरा नाघेर ।
बिछोड हुँदाखेरी साह्रै तनाव बुढाबुढिमा ।।

५.
स्वार्थ मनमा राखि छलकपट गर्छ मान्छेले ।
दया , माया त्यागी छलकपट गर्छ मान्छेले ।।
पछाडिबाट प्रहार गर्दै अगाडि बचाएजस्तो ।
यहाँ यस्तै छ साथी छलकपट गर्छ मान्छेले ।।

रमेश “संयोग” श्रेष्ठ
मोरङ , उर्लाबारी
हाल :- साउदी , रियाद


सम्बन्धित शीर्षकहरु

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

जर्मनीको स्याक्सोनी-आनहाल्ट राज्यको चुनावमा दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (AfD) पार्टीले ठूलो जित हासिल गरेको छ। पार्टीले करिब ४४ प्रतिशत मत…

अमेरिका र इरानबीचको तनाव पछिल्ला दिनहरूमा थप चर्किएको छ। विश्वकै महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य क्षेत्रमा दुवै देशबीच…

प्रतिकृयाहरू
...