Monday 26th October 2026

कविताः खै कस्तो जिन्दगी ? -इन्द्र बोन्तावा ‘देवा’


कुहिरोमा हराएको काग जस्तो जिन्दगी ,
बाटो हराएको पदयात्री जस्तो जिन्दगी ।
सपनिको भ्रममा अल्झिएको जिन्दगी ,
लक्षबिन्दु हराएको खै कस्तो जिन्दगी ।।

मानिसहरुको भिडभित्र एकलो जिन्दगी ,
झिलिमिली शहरमा अँध्यारो जिन्दगी ।
खोलाको वगर जस्तो उराठ जिन्दगी ,
नितान्त वेसहारा खै कस्तो जिन्दगी ।।

मृदुलता विनाको खस्रो निरस जिन्दगी ,
लक्ष्य विना पथभ्रष्ट भएको जिन्दगी ।
अङ्ग भएर पनि अपाङ्ग जस्तै जिन्दगी ,
प्रेरणा बिनाको खै कस्तो जिन्दगी ।।

इन्द्र बोन्तावा ” देवा “


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...