Monday 7th September 2026

कविताः खै कस्तो जिन्दगी ? -इन्द्र बोन्तावा ‘देवा’


कुहिरोमा हराएको काग जस्तो जिन्दगी ,
बाटो हराएको पदयात्री जस्तो जिन्दगी ।
सपनिको भ्रममा अल्झिएको जिन्दगी ,
लक्षबिन्दु हराएको खै कस्तो जिन्दगी ।।

मानिसहरुको भिडभित्र एकलो जिन्दगी ,
झिलिमिली शहरमा अँध्यारो जिन्दगी ।
खोलाको वगर जस्तो उराठ जिन्दगी ,
नितान्त वेसहारा खै कस्तो जिन्दगी ।।

मृदुलता विनाको खस्रो निरस जिन्दगी ,
लक्ष्य विना पथभ्रष्ट भएको जिन्दगी ।
अङ्ग भएर पनि अपाङ्ग जस्तै जिन्दगी ,
प्रेरणा बिनाको खै कस्तो जिन्दगी ।।

इन्द्र बोन्तावा ” देवा “


सम्बन्धित शीर्षकहरु

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

जर्मनीको स्याक्सोनी-आनहाल्ट राज्यको चुनावमा दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (AfD) पार्टीले ठूलो जित हासिल गरेको छ। पार्टीले करिब ४४ प्रतिशत मत…

अमेरिका र इरानबीचको तनाव पछिल्ला दिनहरूमा थप चर्किएको छ। विश्वकै महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य क्षेत्रमा दुवै देशबीच…

प्रतिकृयाहरू
...