Tuesday 7th October 2025

भारतमा भएका विभिन्न दुर्घटनामा परी १९ जनाको मृत्यु


तितोपाटी – भारतको राजधानी नयाँ दिल्लीको बाहिरी इलाकामा मङ्गलबार अबेर एक आवासीय घर भत्किदा नौ जनाको ज्यान गएको अधिकारीले जानकारी दिएका छन् ।

भत्किएको भवनको भग्नावशेषबाट बिहीबार उद्धारकर्ताले थप चार व्यक्तिको शव निकालेपछि मृत्यु हुनेको सङ्ख्या नौ पुगेको बताइएको छ ।

उक्त ६ तले आवासीय भवन भत्किएपछि यसबाट छिमेकमा रहेका अन्य भवनलाई पनि क्षति पुगेको बताइएको थियो ।

नयाँ दिल्लीबाट पूर्वतर्फको इलाकामा रहेको सो भवनमा दुई परिवारका श्रमिक बसिरहेका थिए ।

करिब १५० जना उद्धारकर्ताको सहयोगबाट उनीहरुको शव निकालिएको भारतीय सरकारी अधिकारीले जानकारी दिएका छन् ।

यस घटनापछि प्रहरीले सो भवनको मालिकसहित चार व्यक्तिलाई पक्राउ गरेको छ । उक्त भवन वर्षाका कारण भत्किएको अनुमान गरिएको छ ।

भारतमा जुनदेखि सेप्टेम्बरसम्म हुने मनसुनी वर्षाका कारण कैयौँ भवन भत्किने गरेका घटना सार्वजनिक हुनेगरेको पाइन्छ ।

यसैबीच प्राप्त अर्को एक समाचारमा भारतमा बिहीबार बिहान भएको सडक दुर्घटनामा परी दश व्यक्तिको मृत्यु भएको छ ।

बिहीबार भएको यस घटनामा अन्य कैयौँ घाइते भएका छन् । उत्तरी भारतीय राज्य उत्तराखण्डमा यो दुर्घटना भएको बताइएको छ ।

विश्वका अन्य देशहरुको तुलनामा भारतमा सडक दुर्घटनाको दर उच्च रहेको पाइएको छ ।

चालकको लापरवाही, सडकको मर्मत समयमै नहुनु, सवारी साधनले ट्राफिक नियम उल्लङ्घन गर्नुजस्ता कारणले यहाँ धेरै मात्रामा सडक दुर्घटना हुने गरेको विज्ञको भनाइ छ ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

तितोपाटी- बिगत दुई दिन देखि   निरन्तर परेको पानीको कारण बाढी पहिरो परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।नेपाल प्रहरीले…

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । …

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

प्रतिकृयाहरू
...