Tuesday 13th October 2026

कविताः अष्टसिध्दि – छन्द: इन्द्रवज्ज्रा -हरि शर्मा (सुवेदी) ‘गलकोटे कवि’


स्यादिन्द्रवज्ज्रा यदि तौ जगौ ग: ।~🌷🙏🌺

सुन्दैछ साने गुरुले भनेको
सन्तुष्ट साने सब यो सुनेको
सिक्दैछ साने उनले गरेको
सत्कार साने गुरुको गरेको ।🌷🙏🌺

संसार जान्ने गतिलो उपाय
सद्धर्म घुम्ने अणिमा बढाए
सत्कर्म गर्दा सबको भलाई
सन्मार्ग चुन्दा महिमा बढाइ ।🌷🙏🌺

सम्भ्रान्त बेला गरिमा बढाऊँ
सन्ताप पर्दा लघिमा समाऊँ
भो प्राप्ति भन्दा घरमा रमाऊँ
सन्दीप्त बन्दै जगमा उदाऊँ।🌷🙏🌺

प्राकाम्य बुझ्दा क्षमता बढाइ
सम्मान राख्दा नहुने लडाइँ
ती ईशिताले सबको भलाई
सम्भ्रान्त बन्दा गरिमा चुटाइ ।🌷🙏🌺

सन्तोष साथी गुनिलो जगको
सत्सङ्ग गर्दा वशिता उदायो
यी सिध्दि आठै जनले चुनेमा
सद्बुध्दि बस्ने महिमा सुनेमा ।🌷🙏🌺

हरि शर्मा (सुवेदी)- गलकोटे कवि
मिशिगन, अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...