Friday 3rd July 2026

‘तुइन’ विस्थापन गर्न नसकिरहेका प्रधानमन्त्रीलाई १ करोड सहयाेग


तितोपाटी-प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा लागि गायिका आनी छोइङ डोल्माले रु एक करोड सहयोग हस्तान्तरण गर्नुभएको छ ।

नेपाल टेलिभिजनको “जनतासँग प्रधानमन्त्री” कार्यक्रमको बुधबार राति प्रसारित पहिलो शृखंलामा गायिका अानीले सो रकम हस्तान्तरण गर्नुभएको हो ।

प्रधानमन्त्री अाेलीले दुर्इ वर्षमा सबै तुइन विस्थापन गर्ने अाफ्नाे अघिल्लाे कार्यकालमै घाेषणा गरेका भए पनि अाजसम्म देशभरका तुइनकाे अवस्था उस्तै छ ।

गायिका अानीले उक्त रकमले एउटा मात्र भए पनि झोलुङ्गे पुल बन्न सकोस् भनी कामना गर्नुभयो । गायिका शेर्पाले लामो समयपछि मुलुकमा एकल बहुमतको स्थिर सरकार बनेकाले जनता र राष्ट्रको चाहनालाई सार्थकतापूर्वक अघि बढाउन शुभकामना पनि दिनुभयो ।

गायिका शेर्पाको “फूलको आँखामा फूलै संसार” गीत लोकप्रिय छ ।

सहयोग ग्रहण गर्दै प्रधानमन्त्री ओलीले आफूले एक महिनाको तलब थप गरी तुइन विस्थापन कोष स्थापना गर्ने घोषणा गर्नुभयो । कार्यक्रम प्रस्तोता मनोज पाण्डेले कोषमा रु पचास हजार सहयोग दिने घोषणा गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालको पदबहालीको दिन मुलुकभरका सबै तुइन विस्थापनको घोषणा गर्नुभएको थियो ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१…

रूसले बिहीबार बिहान युक्रेनको राजधानी किभ (Kyiv) मा ठूला स्तरका मिसाइल र ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार यस…

United Arab Emirates ले आफ्नो इतिहासमै पहिलोपटक यात्रुवाहक रेल सेवा सञ्चालनमा ल्याएको छ। यससँगै देशको यातायात पूर्वाधारमा एउटा ऐतिहासिक उपलब्धि…

प्रतिकृयाहरू
...