Thursday 11th December 2025

भारतका विभिन्न राज्यमा अाएको अाँधी र चट्याङमा परि ५५ जना भन्दा बढिको मृत्यु


तितोपाटी डट कम – भारतका विभिन्न राज्यमा विगत २४ घण्टामा आएको चटयाङ तथा आँधीका कारण कम्तीमा ५५ जनाको ज्यान गएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार भारतका झारखण्ड, विहार, उत्तर प्रदेश, मध्य प्रदेश र पश्चिम बंगालमा गरी उनीहरूको ज्यान गएको अधिकारीहरूले जनाएका छन् ।

भारतमा एक महिनाको अवधिमा आँधीका कारण २ सय ९० को मृत्यु भइसकेको छ । यसअघि गत मे ४ र मे १६ मा उत्तर–पश्चिमी भारतीय राज्यहरूमा धुलोसहितको हावाहुरीका कारण जनजीवन निकै प्रभावित भएको थियो ।

चटयाङका कारण झारखण्डमा १९, उत्तर प्रदेशमा १६, विहारमा १३, मध्य प्रदेशमा ५ तथा पश्चिम बंगालमा २ जनाको मृत्यु भएको हो । विहारमा मृत्यु हुनेमध्ये ३ जना एकै परिवारका छन् । प्रकोप व्यवस्थापन अधिकारीका अनुसार भारी वर्षापछिको चटयाङका कारण केही मानिसहरू घाइते भएका छन् ।

अधिकारीहरूले उद्धार कार्य जारी रहेको बताएका छन् । अधिकारीहरूले चटयाङ प्रभावित राज्यका माझीलाई समुद्रमा नजानसमेत सूचना जारी गरेको बताएका छन् ।

झारखण्डका विपत् व्यवस्थापन विशेष सचिव अशोक कुमारले केही दिन मौसममा सुधार हुने संकेत नदेखिएको जनाए । उनले मौसमविज्ञान विभागको समन्वयमा सतर्कताका लागि सूचना जारी गरिने बताए ।

यसैबीच, भारतको राजधानी नयाँदिल्लीको तापक्रम बढदै गएपछि जनजीवन निकै प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मंगलबार नयाँदिल्लीको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस पुगेको छ । जलवायु विभागका अधिकारीले बुधबार तथा बिहीबार धुलोसहितको हावाहुरी आउन सक्ने भन्दै सचेत रहन सूचना जारी गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

सीरियामा एक वर्षअघि बशर अल–असदले युद्ध जितेको मानिएको थियो, तर परिस्थिती अचानक उल्टियो। उत्तरी सीरियाको इदलिबबाट अहमद अल–शरा ९उपनामस् अबू…

हबल अन्तरिक्ष दूरबीनले (Hubble Space Telescope) हाम्रो सौर्यमण्डलमा देखिएको तेस्रो अन्तरतारकीय आगन्तुक ‘3I/ATLAS’ को नयाँ तस्बिर खिचेको छ।यो वस्तु हाम्रो…

गाजामा समन्वयका लागि नयाँ बनाइएको बेसमा रहेका अमेरिकी सैनिक र उनका सहयोगीहरूलाई इजरायली कर्मचारीहरूले लगातार निगरानी गरेको पाइएको छ। यसले…

प्रतिकृयाहरू
...