Thursday 23rd July 2026

हुँदै नभएको कुरालाई बंग्याएर अवहेलना मुद्दा दायर गरियो -प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अदालतप्रति उच्च सम्मान रहेको बताएका छन्। बिहीबार अदालतको अवलेहना मुद्दामा प्रधानमन्त्री ओलीले दिएको लिखित जवाफमा ‘लोकतन्त्र, विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाको लागि पाँच दशकभन्दा लामो समयदेखि संघर्ष गरेको व्यक्तिले न्यायपालिकाको सम्मान कम हुने कार्य गरे भनी कल्पना गर्नु समेत दूराग्रहपूर्ण’ हुने उल्लेख छ।

अदालतबाट भएका फैसला तथा आदेशको आफू र आफू नेतृत्वको सरकारबाट सधैं सम्मान र कार्यान्वयन भइरहेको ओलीको दाबी छ। ‘म तथा मैले नेतृत्व गरेको सरकारबाट सदैव सम्मान र कार्यान्वयन भइरहेको छ। सर्वोच्च अदालतले गरेका संविधान र कानूनको व्याख्या पूर्णतः पालना र कार्यान्वयन भएका छन्,’ लिखित जवाफमा उल्लेख छ,‘सम्मानित अदालतबाट न्याय सम्पादनको क्रममा हुने काम कारवाहीमा कुनै अवरोध गरिएको छैन।’

उनले संविधानद्वारा प्रदत्त मौलिक हकमा अतिक्रमण हुने गरी अभिव्यक्ति दिइएको भन्ने निवेदकले गरेको दाबी निराधार तथा असान्दर्भिक रहेको समेत उल्लेख गरेका छन्। ‘हुँदै नभएको वा एक अर्थमा बोलेको कुरा वा शब्दलाई अर्को अर्थ लगाई, बंग्याई अदालतको अवहेलना जस्तो व्यक्तिगत दायित्वको मुद्दा दायर गर्नु आफैमा अत्यन्त आपत्तिजनक छ,’ प्रधानमन्त्री ओलीको लिखित जवाफमा उल्लेख छ। उनले आफूले अदालतको अवहेलना नगरेकाले निवेकले दिएको निवेदन खारेज गरिदिन सर्वोच्चलाई आग्रह गरेका छन्।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

प्रतिकृयाहरू
...