Friday 7th February 2025

अलमुजैनी एक्सचेन्जले कुवेत भरि ११२ शाखाहरूबाट नेपालमा विप्रेषण (रेमिट्यान्स) सेवा दिंदै


तीतोपाटी – अलमुजैनी एक्सचेन्ज कुवेतले विप्रेषण ग्राहक सेवालाइ मध्यनजर गरि कुवेत भरी ११२ साखाहरु बिस्तार गरेको छ भने सबै ११२ शाखाबाट नेपालमा विप्रेषण सेवा दिने भएको छ ।

अलमुजैनी एक्सचेन्जले एक प्रेस विमोचन जारी गरि नेपाली सेवाग्राहीलाइ लक्षित गरि “जहाँ तपाइ त्यहाँ अलमुजैनी एक्सचेन्ज, जहाँ नेपाली त्यहाँ अलमुजैनी एक्सचेन्ज” विशेष योजनाको साथ अघि बढेको छ भने अलमुजैनी एक्सचेन्जले नेपाली ग्राहकको सुविधालाइ ध्यानमा राखी कुवेत देखि ११२ शाखाहरूबाट नेपाली ग्राहकहरूलाइ सर्वसुलभ रूपमा रेमिट्यान्स सेवा दिने ब्यवस्था मिलाएको जनाएको हो ।

अलमुजैनी एक्सचेन्जबाट पैसा पठाउँदा नेपालको नेपाल राष्ट्र बैंकबाट सम्बन्धन प्राप्त सबै बैंकहरुमा वैधानिक माध्यमबाट नेपाली विप्रेषणकर्ताहरूले प्रतिस्पर्धात्मक बजार भाउ, कम सेवा शुल्कमा परिवारजनलाइ पैसा पठाउन सक्ने छ्न । अल्मुजैनी एक्स्चेन्ज कुवैतले नेपालका ठुला बैंकहरु-प्रभु बैंक/ग्लोबल आइ-एम -इ बैंक, मेघा बैंक, नबिल बैंक जस्ता ठुला रेमिटेन्स बैंक/कम्पनिहरु सँग विप्रेषण ब्यवसायिक साझेदारी गरेको छ भने ग्लोबल रेमिट(ग्लोबल आइ एम इ बैंक), सिटी एक्सप्रेस, प्रभुमनि को २०००० भन्दा धेरै भुक्तानी साखाहरुबाट नेपालमा सेवाग्राहीले सजिलै रेमिट्यान्स भुक्तानि लिन सक्ने छन ।

त्यस्तै अलमुजैनी मोबाइल एप मार्फत घर-अफिस जहाँसुकैबाट पनि अनलाइ सेवा मार्फत नेपालमा केनेट कार्ड भुक्तानी सिस्टमबाट सेवाग्राहीले परिवार-पृयजनलाइ रेमिट्यान्स ट्रान्सफर गर्न सक्नेछ्न । सेवाग्राहीले अलमुजैनी एक्सचेन्जबाट विदेशी तथा नेपाली मुद्रा सटही गर्न पनि सक्नेछन ।

अलमुजैनीका मुख्य शाखाहरूबाट सेवाग्राहीले नेपाली कर्मचारीबाट सेवा लिन सक्ने छ्न । नेपाली विप्रेषण ग्राहकको चाहनालाइ मध्यनजर गर्दै निकट भविष्यमा थप रेमिट्यान्स सेवा सुबिधा दिने कामहरु अघि बढिरहेको अलमुजैनी एक्सचेन्जले सेवाग्राहीलाइ यसै प्रेस विमोचन मार्फत जानकारी गराउँदछ ।

 

 

 


सम्बन्धित शीर्षकहरु

ईजरायल विरुद्ध हावी बनेको अन्तराष्ट्रिय फौजदारी अदालतका विरुद्धमा राष्ट्रपति डोनाल्ड ट्रम्प खरो रुपमा उत्रिएका छन । उनले ईजरायली राष्ट्रपति बेन्जामिन…

उमा कता छौ? पानी ल्याउन कस्तो प्यास लागेको। गर्मी चढिसक्यो नि बाबू अब त। आमाले गिलासमा पानी ल्याइदिईन्। तपाईं त…

साहित्यिक पत्रकार , अग्रज साहित्यकार, जनमत राष्ट्रिय मासिकका प्रधानसम्पादक मोहन दुवाललाई पाल्पा साहित्य समाजले सहिद दिवसको अवसरमा पाल्पाको तानसेनमा सम्मान…

प्रतिकृयाहरू
...