Thursday 10th September 2026

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, छ जना घाइते


तितोपाटी- गुल्मीको सदरमुकाम तम्घासबाट पराल्मी रातामाटा जाँदै गरेको जिप दुर्घटना भएको छ । लु१ज १९८८ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने छ जनाको घाइते भएका छन् ।

दुर्घटनामा ४८ वर्षीय एकराज पोखरेल, २७ वर्षीया गोमा नेपाली र २८ वर्षीया शान्ति नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । दुर्घटनामा पोखरेलको घटनास्थलमै र दुई जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्य घाइते पाँच जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ भने एक जनालाई थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...