Tuesday 22nd April 2025

‘हामी केही समयदेखि एक अर्काको प्रेममा छौं, एक हुने तयारीमा छौं’


यतिबेला गायिका अञ्जु पन्त निकै चर्चित छिन् । कारण हो उनको विवाह  । पछिल्ला केही समयदेखि आफूले दिने गरेका प्रत्येक अन्तर्वार्तामा छोरीले विवाह गर्नका लागि दबाब दिइरहेको बताउँदै आएको थिइन् । यसका साथै, उनले कोसँग र कहिले विवाह गर्ने भन्नेबारे भने  टुङ्गो नभएको पनि बताउने गर्थिन् । तर पछिल्लो समय विभिन्न सञ्चार माध्यममा उनको र थीर कोइरालाको विवाह हुने खबर सार्वजनिक भएपछि भने अब उनीहरुले यसबारे मुख खोल्न थालेका छन् ।

अञ्जुका केही गीतका रचनाकारसमेत रहेका थीर कोइरालाले यसबारे आफ्नो फेसबुक अकाउन्टमा जानकारी दिएका छन् । बिहिबार अञ्जुसँगका दुईवटा तस्बिर सार्वजनिक गर्दै उनले आफूहरु पछिल्लो केही समयदेखि प्रेम सम्बन्धमा रहेको र निकट भविष्यमा एक हुने तयारी गरिरहेको बताएका छन् ।

उनले लेखेका छन्, ‘अब तपाईहरुको खुल्दुली मेटाउने सायद यहि नै सहि समय होला भन्ने लाग्छ । तपाईले मिडियामा सुनेको खवर सत्य हो, हामी केही समयदेखि एकअर्काको प्रेम छौँ र निकट भविश्यमा नै एक हुने तयारीमा छौँ । कहिले र कहाँ भन्ने कुराको सबै जानकारी दिने नै छौँ । तपाईहरुको माया, प्रार्थना, सकारात्मक प्रतिक्रियाले हामीलाई अझ उत्साह मिलेको छ र भविश्यमा अझ धेरै माया, सद्भाव र शुभकामनाको अपेक्षा गर्दछौँ ।’ करिब १० वर्षअघि गायक मनोजराजसँग सम्बन्धविच्छेद गरेपछि अञ्जु छोरी परितोषिकासँगै बस्दै आएकी छिन् ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

बंगलादेशको राजधानी ढाकामा पाकिस्तान र बंगलादेशका विदेश सचिवहरूको बैठकपछि एक पत्रकारले सोधे कि के बंगलादेश भारतको सट्टा पाकिस्तानतिर झुकाव राखेको…

यमनका हुथी विद्रोहीहरूले भने कि शुक्रबार रास इसा तेल बन्दरगाहमा अमेरिकी हवाई आक्रमणमा कम्तिमा ३८ जनाको मृत्यु र १०२ जना…

उत्तरी बंगलादेशका एक प्रमुख हिन्दू नेता भावेश चन्द्र रोयको अपहरण गरी हत्या गरिएको छ। यो घटनापछि भारतले बंगलादेशप्रति कडा असन्तुष्टि…

प्रतिकृयाहरू
...