Thursday 27th August 2026

‘हामी केही समयदेखि एक अर्काको प्रेममा छौं, एक हुने तयारीमा छौं’


यतिबेला गायिका अञ्जु पन्त निकै चर्चित छिन् । कारण हो उनको विवाह  । पछिल्ला केही समयदेखि आफूले दिने गरेका प्रत्येक अन्तर्वार्तामा छोरीले विवाह गर्नका लागि दबाब दिइरहेको बताउँदै आएको थिइन् । यसका साथै, उनले कोसँग र कहिले विवाह गर्ने भन्नेबारे भने  टुङ्गो नभएको पनि बताउने गर्थिन् । तर पछिल्लो समय विभिन्न सञ्चार माध्यममा उनको र थीर कोइरालाको विवाह हुने खबर सार्वजनिक भएपछि भने अब उनीहरुले यसबारे मुख खोल्न थालेका छन् ।

अञ्जुका केही गीतका रचनाकारसमेत रहेका थीर कोइरालाले यसबारे आफ्नो फेसबुक अकाउन्टमा जानकारी दिएका छन् । बिहिबार अञ्जुसँगका दुईवटा तस्बिर सार्वजनिक गर्दै उनले आफूहरु पछिल्लो केही समयदेखि प्रेम सम्बन्धमा रहेको र निकट भविष्यमा एक हुने तयारी गरिरहेको बताएका छन् ।

उनले लेखेका छन्, ‘अब तपाईहरुको खुल्दुली मेटाउने सायद यहि नै सहि समय होला भन्ने लाग्छ । तपाईले मिडियामा सुनेको खवर सत्य हो, हामी केही समयदेखि एकअर्काको प्रेम छौँ र निकट भविश्यमा नै एक हुने तयारीमा छौँ । कहिले र कहाँ भन्ने कुराको सबै जानकारी दिने नै छौँ । तपाईहरुको माया, प्रार्थना, सकारात्मक प्रतिक्रियाले हामीलाई अझ उत्साह मिलेको छ र भविश्यमा अझ धेरै माया, सद्भाव र शुभकामनाको अपेक्षा गर्दछौँ ।’ करिब १० वर्षअघि गायक मनोजराजसँग सम्बन्धविच्छेद गरेपछि अञ्जु छोरी परितोषिकासँगै बस्दै आएकी छिन् ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...