Wednesday 8th April 2026

आप्रवासी कामदारलाइ २ हप्ताको लागि कुवेत आगमनमा प्रतिवन्ध


तीतोपाटी – कुवेत सरकारले आप्रवासी कामदारलाइ २ हप्ताको लागि कुवेत आगमनमा प्रतिवन्ध लगाएको छ । कुवेत सरकारका संचार प्रमुख एवं प्रवक्ता तारिक अल-मुजरिमले कुवेतको मन्त्रीपरिषदले गरेका निर्णयहरू सुनाउँदै कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल अपरेसन बन्द नभए पनि आप्रवासी कामदारलाइ कुवेत आगमनमा प्रतिवन्ध लगाइएको बारे एक पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् ।

प्रवक्ता मुजरिमका अनुसार आगामी आइतबार देखि २ हप्ताको लागि आप्रवासीहरूलाइ कुवेत आगमनमा रोक लगाइएको छ भने यस अघि आकलन गरिए अनुसार अन्य देशबाट कुवेत छिर्नेहरूलाइ १ हप्ते इन्स्टिच्युसनल क्वारेन्टाइन राख्ने प्रस्तावलाइ भने यस महिनाको अन्त्य तिर मात्रै लागु गरिने कुरा कुवेतबाट प्रकाशित हुने अल कबास डेली पत्रिकामा जनाइएको छ ।

यस अघि आजै मात्र कुवेत सरकारले व्यवसायिक मलहरू तथा रेष्टुरेन्टहरू बेलुकी ८ बजेदेखि बिहान ५ बजे सम्मका लागि बन्द गर्ने तथा सलुन, हेल्थ सेन्टर, बारबार सप तथा स्पोर्टस क्लबहरू पुर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...