Friday 14th November 2025

कुवेतमा कोरोना बढ्नाले सपिङ मल र रेष्टुरेन्ट आंशिक बन्द हुने, सलुन र स्पोर्टस क्लब पुर्ण बन्द हुने


तीतोपाटी – विश्वव्यापी महामारी कोभिड – १९ विरूद्धको खोप कार्यक्रम चलिरहँदा पनि कुवेतमा कोभिड संक्रमितको संख्या बढे पछि कुवेत सरकारले पुनः सलुन र स्पोर्टस क्लबलाइ केहि समयको लागि बन्द गर्ने भएको छ भने सपिङ मल र रेष्टुरेन्टहरू पनि आंशिक रूपमा बन्द हुने भएका छन् ।

कुवेतमा कोरोना संक्रमितको दर बढ्न थाले पछि यहाँ स्थित मन्त्रीपरिषदले व्यवसायिक मल र रेष्टुरेन्टहरूलाइ बेलुकी ८ बजे देखि बिहान ५ बजे सम्मका लगि बन्द गर्ने निर्णय गरेको छ भने आगामी हप्ताबाट सो निर्णय कार्यन्वयन गरिने कुरा अल कबास डेली पत्रिकालाइ उधृत गर्दै टाइम्स कुवेतले समाचार प्रकाशित गरेको छ ।

त्यसै गरि सलुन, बारबर सप तथा स्पोर्टस क्लबहरू एक हप्ताको लागि पुर्ण रूपमा बन्द गरिने पनि समाचारमा जनाइएको छ भने हवाइ उडान भने यथावत रहने जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...