Wednesday 27th November 2024

जासुरी गरेको अारोपमा अमेरिकामा एक रूसी महिला पक्राउ


तितोपाटी – अमेरिकाले एक २९ वर्षीया रुसी महिलामाथि रुस सरकारको एजेन्टका रुपमा काम गर्ने षड्यन्त्र र राजनीतिक समूहहरूमा घुसपैठ गरेको अभियोग लगाएको छ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार मरिया बुटिनाले रिपब्लिकन पार्टीसँग नजिकको सम्बन्ध बनाएको र बन्दुक राख्न पाउने अधिकारको पक्षमा वकालत गर्दै आएकी थिइन्।

उनको गिरफ्तारी रुसले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको भनिएको छानबिनसँग सम्बन्धित चाहिँ होइन।

रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनका एक उच्च अधिकारीको निर्देशनमा बुटिनाले काम गरेको आरोप लगाइएको छ।

बुटिनाका वकिल रोबर्ट ड्रिस्कोलले उनी एजेन्ट नभइ ‘अन्तर्राष्ट्रिय मामिला’ की छात्रा भएको र ‘व्यापारिक क्षेत्रमा काम गर्न मात्रै चाहेको’ सोमवार एउटा विज्ञप्तिमार्फत जनाएका छन्।

उनले बुटिनामाथि लगाइएका आरोपहरू ‘अति भएको’ र बुटिनाले अमेरिकाको कुनै नीति अथवा कानूनलाई प्रभावित पार्न चाहेको कुनै सङ्केत नदेखिएको बताए।बुटिनाले ‘महिनौँदेखि विभिन्न सरकारी निकायहरूलाई सघाइरहेको’ ड्रिस्कोलले दावी गरेका छन्।

वाशिङटनमा बस्दै आएकी बुटिनालाई गत आइतवार गरिफ्तार गरिएको अधिकारीहरूले बताएका छन्।

अमेरिकी न्याय मन्त्रालयका अनुसार उनीविरुद्धको मुद्दाको सुनुवाइ बुधवार हुनेछ।

अमेरिकी चुवानमा मस्कोले हस्तक्षेप गरेको भन्ने आरोपमा राष्ट्रपति ट्रम्पले पुटिनको बचाउ गरेको केही घण्टापछि रुसी महिलालाई पक्राउ गरिएको समाचार सार्वजनिक भएको हो।

अमेरिकी चुनावमा रुसले हस्तक्षेप गर्नुपर्ने कुनै कारण आफूले नदेखेको ट्रम्पले बताएका छन्।

सन् २०१६ को चुनावताका डेमोक्र्याटिक अधिकारीहरूको कम्प्युटरमा १२ जना रुसी गुप्तचरले अनधिकृत रुपमा पहुँच कायम गरेको आरोप लगाइएको केही दिन नबित्दै बुटिना पक्राउ परेको विवरण आएको हो।


सम्बन्धित शीर्षकहरु

कुवेतमा बसोबास गर्ने किराती समुदायले “भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण, किरातीहरुको साझा अभियान” भन्ने नाराका साथ किरातीहरुको महान चाड चासोक…

स्पेसएक्सको स्टारशिप वरपरको उत्साह निर्माण गर्न जारी रहँदा, यसको डिजाइन-विशेष गरी, 78% ईन्धन-देखि-कुल-वजन अनुपातको सन्दर्भमा एक आकर्षक बहस देखापर्छ। 🚀…

पाकिस्तान दोश्रो बंगलादेश बन्न सक्ने आँकलन हुन थालेको छ । त्यहाँको सरकारले ईश्लामावाद घेराउको विरुद्ध अस्थाई जेल बनाएर धरपकड गरिरहेको…

प्रतिकृयाहरू
...