Tuesday 15th September 2026

अल्मुल्ला एक्सचेञ्ज अन्तर नेपाली भलिबल कप 2021 को उपाधी साल्मिया समुहको पोल्टामा


चन्द्र गोतामे – कल्याणकारी नेपाली यूवा समाज कुवेतको आयोजकत्वमा अलमुल्ला एक्सचेञ्ज कुवेतको मुख्य प्रायोजनमा सम्पन्न अल्मुल्ला एक्सचेञ्ज अन्तर नेपाली भलिबल कप 2021 को उपाधी साल्मिया समुहले हात पारेको छ ।

कुवेतको माबुल्ला स्थित भलिबल प्राङ्गणमा सम्पन्न भएको खेलमा साल्मिया समुहले नमस्ते नेपाली रेस्टुरेन्ट समुहलार्इ हराउँदै विजेता बनेको हो । भने नमस्ते नेपाली रेस्टुरेन्ट समुह उपविजेता बनेको छ । त्यसैगरी आयोजन समुह कल्याणकारी नेपाली यूवा समाजले तृतीय स्थान ओगटेको छ ।

त्यसैगरी विजेता समुहले कप, गोल्ड मेडल र नगद १०१ केडि पुरस्कार स्वरुप प्राप्त गरेका छन, भने उपविजेता नमस्ते नेपाली रेस्टुरेन्ट समुहले कप, सिल्भर मेडल र नगद ५१ केडि जितेका छन । त्यसैगरी तृतीय स्थान विजेताले कप सहित २५ केडि नगद प्राप्त गरेका छन ।

सयाैं नेपाली तथा विदेशी दर्शकहरुको उपस्थिति रहेको खेल मैदानमा ८ समुहले सहभागीता जनाएको थिए ।  प्रतियोगितामा अल मुल्लाका एक्सचेञ्ज कुवेतका म्यानेजर जोन सिमोन , असिस्टेन्ट मार्केटिङ म्यानेजर हुजेफा अब्बासि , कोडिनेटर भुवन सुवेदी लगायत कुवेतमा कृयाशिल सघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । प्रतियोगितामा प्रोयोजक अल मुल्लाले दर्शकहरुको लागि विभिन्न उपहारको समेत ब्यबस्था गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले पहिलो पटक आफूले अन्तरिक्ष (स्पेस) मा हतियार तैनाथ गरेको कुरा सार्वजनिक रूपमा स्वीकार गरेको छ। अमेरिकी स्पेस फोर्सका अनुसार…

रसुवाको भोटेकोसीमा आएको बाढीका कारण ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका अनुसार बेपत्ता हुनेमध्ये २६९ पुरुष,…

पाकिस्तानमा उच्च प्राथमिकतामा खोजी गरिएका कुख्यात आतंकवादीहरूको सूचीमा जैस–ए–मोहम्मदका प्रमुख मसुद अजहरको नाम समावेश भएको विषय अहिले फेरि चर्चामा आएको…

प्रतिकृयाहरू
...