Saturday 10th October 2026

उदयपुर मिलिजुली समाज कुवेत गठन, अध्यक्षमा उमेश कुमार पुडासैनी चयन


कुवेतमा उदयपुर मिलिजुली समाज गठन भएको छ । कुवेत स्थित फर्वानिया पार्कमा २०७७ माघ १६ गते शुक्रबारको दिन उदयपुरेहरूको भेलाले उमेश कुमार पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो ।

उदयपुर जिल्लाको विभिन्न क्षेत्रबाट रोजगारीको सिलसिलामा कुवेत आउनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुलाई एकीकृत गर्दै रोजगारीको सिलसिलामा आउन सक्ने हरेक किसिमका समस्यामा हातेमालो गर्नुका साथै आफ्नो गृह जिल्ला उदयपुरमा पनि आईपर्ने समस्यामा सहयोग गर्ने उदेश्यले उदयपुर मिलिजुली समाज कुवेत गठन भएको नवगठित समाजका अध्यक्ष उमेश पुडासैनीले बताउनु भएको छ ।

उदयपुरेहरूको आजको भेलाले सर्वसहमतिमा बिभिन्न पदिय जिम्मेवारी बाडफाड गरिएको छ । उदयपुर मिलिजुली समाजको कार्यकारी समितीमा ११ सदस्यीय समिति चयन गरिएको छ भने अन्य दर्जनौं साधारण सदस्यहरू रहेका छन् ।

उदयपुर मिलिजुली समाजको कार्यकारी समिति निम्न रहेको छ ।

अध्यक्ष – उमेश कुमार पुडासैनी
उपाध्यक्ष – राजन चाम्लिङ राई
सचीव – संजय सिंह कार्की
कोषाध्यक्ष – हरि बहादुर राउत
सह-कोषाध्यक्ष – इन्द्र बहादुर परियार
प्रबक्ता – चन्द बहादुर राउत
सदस्य – पर्वत भट्टराई
सदस्य – विदुर कार्की
सदस्य – रोसन बास्तोला
सदस्य – सर्वन राई
संरक्षक सल्लाहकार – युवक राई


सम्बन्धित शीर्षकहरु

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत्यु घोषणा गर्न सक्ने, राष्ट्रपतिबाट अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन…

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

प्रतिकृयाहरू
...