Sunday 17th May 2026

वैदेशिक रोजगार विभागले छापा मारेर कारबाही गरेको म्यानपावरलाई श्रम मन्त्रीले दिए सफाई


तितोपाटी- कतार प्रहरीका लागि भन्दै गैरकानुनी रूपमा कामदार पठाउन खोज्ने एसओएस म्यानपावर प्रालिको कारबाही श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले फुकुवा गरिदिएका छन् । गत महिना वैदेशिक रोजगार विभागले भिसा प्रमाणिकरण नगरी नेपालस्थित कतारी राजदूताबासको मिलोमताेमा अवैध रूपमा कतारी प्रहरीमा कामदार पठाउन अन्तर्वार्ता लिइरहेको अवस्थामा छापा मारेको थियो ।

उक्त म्यानपावरले वैदेशिक रोजगार ऐनविपरित कतार प्रहरीमा कामदार पठाउन अन्तर्वार्ता लिइरहेको तथ्य विभागले छापा मार्ने क्रममा भेटेपछि कारवाही गरेको थियो । कतारी भिसा सेन्टर र एसओएस म्यानपावर सञ्चालक हेम गुरुङ हुन् । गुरुङले भिसा सेन्टरमै सिमित म्यानपावरलाई पैसा लिएर कतारको सिण्डिकेट खडा गर्न खोजेको थिए ।
विभागले अवैध रूपमा कतारी प्रहरीमा कामदार पठाउन अन्तर्वार्ता लिएको आरोपमा एसओएस म्यानपावरलाई ६ महिनासम्म सम्पुर्ण काम कारवाही राेेकेकाे थियो ।
मन्त्री गाैरीशंकर चाैधरीले वैदेशिक रोजगार ऐनले दिएकाे कानुनी अधिकारको दुरूपयोग गरेर कारबाही फुकुवा गरेकाे श्रम मन्त्रालयका एक कर्मचारी बताउँछन् ।
श्रम मन्त्री चाैधरीले म्यानपावरलाई कुन विषयमा कारवाही गरिएको छ भन्ने अध्ययनसमेत नगरी कारवाही फुकुवा गरेकाे विभागस्राेतकाे दाबी छ । ‘विभागले गरेका कारबाही श्रममन्त्री ज्यूले अध्ययन नै नगरी फुकुवा गर्नुभयो । के आधारमा कारवाही फुकुवा गर्नुभयो थाहा भएन’ ती अधिकारीले भने । एसओएस म्यानपावर ६ महिनाका लागि कारवाहीमा परेको थियाे । कारबाही फुकुवा हुँदा ५० लाखसम्म आर्थिक चलखेल भएको आरोप म्यानपावर व्यवसायीले लगाइरहेका छन् ।

ऐनमा म्यानपावर व्यवसायीले कारवाहीमा परेपछि श्रम मन्त्रीको टेबुलमा पुनरावेदन गर्न पाउने अधिकार छ । त्यही अधिकार प्रयाेग गर्दै मन्त्रीले एसओएसको कारवाही फुकुवा गरेका हुन् ।
कतारी भिसा सेन्टर र उनै गुरुङको नेतृत्वमा कतार प्रहरीमा १७ वटा म्यानपावर कम्पनीले मात्र कामदार पठाउन पाउने गरी सिण्डिकेट समेत लाद्ने प्रयास भएको थियो । १७ वटा म्यानपावर कम्पनीले मात्र कतारी भिसा सेन्टर (क्युभीसी)मार्फत कामदार पठाउन छनोट भएका थिए । तर, व्यवस्थापिका संसद्अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र म्यानपावर व्यवसायी चर्को विरोधपछि उक्त निर्णयबाट क्युभीसीपछि हटेको थियो ।
मन्त्री चाैधरीले भने एसओएस म्यानपावरमाथि कारबाही फुकुवाबारे केही बताउन चाहेनन् । शिलापत्रले त्यसबारे बुझ्न खाेज्दा उनले ‘कस्ताे म्यानपावर हाे, मलाइ थाह छैन’ भनेर फाेन काटे ।

-साभार शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

प्रतिकृयाहरू
...