Tuesday 27th January 2026

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि


तितोपाटी- नेपालमा पनि नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि भएको छ । बेलायतबाट फर्किएका ३ जनामा यस्तो संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै बेलायतमा देखिएको कोभिड–१९ को नयाँ प्रजाति नेपालमा पनि भेटिएको पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि भएको हो ।

२ हप्ता अघि बेलायतबाट नेपाल फर्किएकाहरु मध्ये तीन जनामा नयाँ प्रजातिको भाइरस संक्रमण देखिएको थियो । मन्त्रालयले यसको पुष्टि गर्न पुस २७ गते उनीहरुको नमुना हङकङ प्रयोगशाला पठाएको थियो ।

उक्त नमुनाको नतिजा आज प्राप्त भएको र तीन जनामा कोरोनाको नयाँ प्रजाति पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...