Thursday 15th October 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह भाग – ३


निःश्वार्थी, विश्वासिलो हुन्छन् इमान्दार हजुर ।
राम्रो पेशा मध्ये एउटा लाग्छ पत्रकार हजुर ।।

व्यक्ति, समाज, सिङ्गो देश, अन्तर्राष्ट्र विश्वको नै,
सत्य खबर जनता माझ ल्याउने बारम्बार हजुर ।

जहाँ पुग्छन् जे जे देख्छन् त्यही कुरा टप्प टिपी,
अति छिटो फिँजाउँछन् बनाइ अखबार हजुर ।

सबुत प्रमाण जुटाएर, यथार्थ बाहिर ल्याउन,
अहोरात्र खटिरहन्छन्, भइ जिम्मेवार हजुर ।

पत्रकारिता नै देशको, मानिने यो चाैथो अङ्ग,
बनि हिड्छन् राष्ट्र प्रति सधैं बफादार हजुर ।

-प्रतिमा शिवाकोटी
कालिन्चोक गाउँपालिका – ८
सुनखानी दोलखा
बागमती प्रदेश


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...