Thursday 18th September 2025

अल मुजाइनी कप खुला भलिबलको उपाधि आयोजक कै पोल्टामा


तीतोपाटी – अंग्रेजी नयाँ वर्ष २०२१ को अवसरमा आयोजना गरिएको अल मुजाइनी कप खुला पुरूष भलिबल प्रतियोगिताको उपाधि आयोजक कल्याणकारी नेपलाी युवा समाज कुवेतले जितेको छ । कुबेतको माहबुल्ला स्थित खेल मैदानमा आयोजित खुला पुरुष भलिबल खेलको फाइनलमा एम. के.एस. भलिबल टिम उपविजेता बनेको थियो ।

१३ वटा भलिबल टिमहरुले सहभागीता जनाएको उक्त भलिबल प्रतियोगिता गत हप्ता १ जनवरीबाट शुरू भएको थियो भने आफ्ना निकट्तम प्रतिश्पर्धी टिमहरुलाई पराजित गर्दै आयोजक कल्याणकारी नेपाली यूवा समाज कुवेत टिम र M.K.S, टिम फाईनल प्रवेश गरेका थिए। प्रतियोगितामा सालमियाँर नेपाल टिम ले तेस्रो स्थान हासिल गरेको थियो ।

आयोजकले विजेता र उपविजेता दुबै टिमलाई नगद, मेडल, ट्रफी र पुरस्कार प्रदान गरेको थियो भने साथै प्रतियोगिताका उत्कृष्ट खेलाडी तथा रेफ़्रीहरुलाई पनि मायाको चिनो र मेडल सहित सम्मान गरेका थिए। अल मुजाइनी एक्सचेंजको प्रायोजन रहेको उक्त खुला भलिबल प्रतियोगितामा निःशुल्क भाग्य चिठ्ठाको ब्यस्ठा पनि गरेको थियो।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा…

तितोपाटी- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न…

तितिपाटी- २०८२ साल दशैं टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास…

प्रतिकृयाहरू
...