Thursday 15th October 2026

अल मुजाइनी कप खुला भलिबलको उपाधि आयोजक कै पोल्टामा


तीतोपाटी – अंग्रेजी नयाँ वर्ष २०२१ को अवसरमा आयोजना गरिएको अल मुजाइनी कप खुला पुरूष भलिबल प्रतियोगिताको उपाधि आयोजक कल्याणकारी नेपलाी युवा समाज कुवेतले जितेको छ । कुबेतको माहबुल्ला स्थित खेल मैदानमा आयोजित खुला पुरुष भलिबल खेलको फाइनलमा एम. के.एस. भलिबल टिम उपविजेता बनेको थियो ।

१३ वटा भलिबल टिमहरुले सहभागीता जनाएको उक्त भलिबल प्रतियोगिता गत हप्ता १ जनवरीबाट शुरू भएको थियो भने आफ्ना निकट्तम प्रतिश्पर्धी टिमहरुलाई पराजित गर्दै आयोजक कल्याणकारी नेपाली यूवा समाज कुवेत टिम र M.K.S, टिम फाईनल प्रवेश गरेका थिए। प्रतियोगितामा सालमियाँर नेपाल टिम ले तेस्रो स्थान हासिल गरेको थियो ।

आयोजकले विजेता र उपविजेता दुबै टिमलाई नगद, मेडल, ट्रफी र पुरस्कार प्रदान गरेको थियो भने साथै प्रतियोगिताका उत्कृष्ट खेलाडी तथा रेफ़्रीहरुलाई पनि मायाको चिनो र मेडल सहित सम्मान गरेका थिए। अल मुजाइनी एक्सचेंजको प्रायोजन रहेको उक्त खुला भलिबल प्रतियोगितामा निःशुल्क भाग्य चिठ्ठाको ब्यस्ठा पनि गरेको थियो।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

प्रतिकृयाहरू
...