Saturday 10th October 2026

प्रतिनिधिसभा विघटनविरुद्ध अनेरास्ववियूको राजधानीमा लाल्टिन जुलुश


तितोपाटी- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले दिउसै लाल्टिन जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ ।

प्रचण्ड–माधव पक्षधर अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले बुधबार लाल्टिन जुलुश गरी सरकारले प्रतिनिधिसभा विघटन गरेको कदमप्रति विरोध जनाएको हो । माइतीघर मण्डलाबाट विद्यार्थीहरुले बानेश्वरसम्म दिउसै लाल्टिन बालेर जुलुश प्रर्दशन गरेका थिए ।

प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले नेपालको संविधानमा प्रतिनिधिसभा विघटनको कुनैपनि धारा नभएको बताए। प्रधानमन्त्रीलाई गल्तीको प्रायश्चित गर्ने र सच्याउने अवसर अझै भएको भन्दै कानूनसम्मत्, संविधान सम्मत् निर्णय सच्याउन उनले माग गरे । प्रतिनिधिसभा पुनर्स्थापना नभएसम्म अनेरास्ववियूले विरोधका विभिन्न कार्यक्रम जारी रहने बताए ।

विद्यार्थीहरुले ‘दिउसै लाल्टिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद विघटनको धारा खै’ भन्ने ब्यानर लिएर प्रदर्शन गरेका थिए । विद्यार्थीहरुले ‘संसद विघटनको धारा खै, दिउसै लाल्टिन बाल्यौँ है, ‘हामी अरु जान्दैनौँ, संसद विघटन मान्दैनौं लगायतका नारा समेत लगाएका थिए ।


सम्बन्धित शीर्षकहरु

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

प्रतिकृयाहरू
...