Sunday 26th July 2026

भारतद्वारा ३१ डिसेम्बरसम्म बेलायतमा उडान स्थगित


तितोपाटी- बेलायतमा कोरोना भाइरसको नयाँ र बढी संकमक समस्या उत्पन्न भएपछि भारतले बेलायतबाट भारतका लागि हुने सबै उडानलाई अस्थायी रूपमा स्थिगित गर्ने निर्णय गरेको छ । बेलायतबाट हुने उडानलाई अस्थायी रूपमा रोक्ने केही यूरोपेली मुलुकसहितले गरेको निर्णयसँग मेल खाने निर्णय भारतले पनि गरेको हो ।
‘बेलायतको कोभिड–१९ सिर्जित विद्यमान अवस्थालाई ध्यानमा राख्दै भारत सरकारले बेलायतबाट भारत आउने सबै उडानहरूलाई यो वर्षको डिसेम्बर ३१ सम्म स्थगित गर्ने निर्णय गरेको छ,’ उड्डयन मन्त्रालयले ट्वीटमा भनेको छ ।
उडान स्थगितको यो निर्णय मंगलबार राति ११:५९ बाट लागू हुने बताइएको छ । ‘प्रशस्त सावधानीको उपाय’ का लागि लिइएको यो निर्णय ट्रान्जिट उडानमा बेलायतबाट आउने यात्रीका लागि भने पूर्णतया लागू हुने छैन अर्थात् आगमनमा आरटी–पीसीआर परीक्षणको रिपोर्ट भएमा उनीहरूलाई सम्बन्धित गन्तब्यमा जान रोक लगाइने छैन ।
बेलायतमा ठूलो संख्या भारतीय प्रवासी रहेका छन् र त्यहाँ प्रति दिन धेरै उडान हुने गर्छन् । लन्डन र नयाँ दिल्ली तथा लन्डन र मुम्बईबीचमा हुने उडानबाट दैनिक सयौँ यात्रु बेलायत जाने र बेलायतबाट फर्किने गर्छन् ।


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै दिएको "एक पटकको नेपाली, सधैँको नेपाली" भन्ने अभिव्यक्तिले विदेशमा रहेका लाखौँ…

मलेसियाले एक अमेरिकी–इजरायली दोहोरो नागरिकलाई देश छोड्न निर्देशन दिएको छ। मलेसियाली अधिकारीहरूले उक्त व्यक्तिसँग इजरायली नागरिकता रहेको पत्ता लगाएपछि यस्तो…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जारी सैन्य कारबाहीमा केही समयका लागि रोक लगाउने निर्देशन दिएको बताइएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत…

प्रतिकृयाहरू
...