Monday 5th October 2026

भारतमा झारखण्डमा फेरी सामुहिक अात्महत्या


तितोपाटी – भारतको चर्चित बुराडी कान्डपछि झारखण्डको हजारीबाग जिल्लामा पनि यस्तै प्रकृतिको घटना सार्वजनिक भएको छ । झारखण्डको अजारी बाग जिल्लामा शनिबार राती मारवाडी परिवारका ६ सदस्यले कथित रुपमा आत्महत्या गरेका छन् । न्यूज एजेन्सी एएनआईका अनुसार एकै परिवार पाँच जना झुण्डिए भने एकले छतबाट हाम फालेर आत्महत्या गरे ।

एक रिपोर्ट अनुसार घटनास्थलमा पुलिस पुग्दा त्यहाँ ६ जनाको मृत्यु भएको पाइयो जसमध्ये दुई पुरुष, दुई महिला र दुई बच्चाहरु थिए । पुलिसलाई छिमेकीले घटनाबारे जानकारी दिएका हुन् ।

पुलिसका अनुसार घटनास्थलबाट उनीहरुले एउटा नोट पनि बरामद गरेका छन् जसमा ड्राइ फ्रुटको पसल चलाउने उक्त परिवार ऋण र व्यापार घाटाका कारण अत्यधिक दबाबमा परेको लेखिएको छ । पुलिसले यसबारे अनुसन्धान गरिरहेकाले अहिले नै यसबारे निष्कर्ष निकाल्न नमिल्ने बताएको छ ।

आत्महत्या गर्नेमा ७० वर्षे महावीर महेश्वरी र ६५ वर्षीया उनकी श्रीमती किरण महेश्वरीलगायत उनीहरुका ४० वर्षे नरेश अग्रवाल, ३८ वर्षे उनकी श्रीमती र उनीहरुका दुई सन्तान ८ वर्षे अमन र ६ वर्षे अंजली रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...