Monday 5th October 2026

गाजा क्षेत्रमा इजरायली सेनाद्वारा शक्तिशाली रकेट हमला


तितोपाटी – हमास लडाकूहरुका विरुद्धमा गाजामा शनिबार शक्तिशाली हमला भएको समाचार छ । यस हमलालाई सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हमला भएको बताइएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले यो आक्रमणको पुष्टि गरेका छन् । गाजातर्फबाट इजरायलमा रकेट हानिएको र ती रकेटकहरुको जवाफी आक्रमणका रुपमा यताबाट हमला गरिएको उनले बताएका छन् ।

यसका साथै उनले आवश्यक परेमा थप कारबाही पनि गरिने जानकारी समेत दिनुभएको बताइएको छ । तर उता प्यालेस्टिनीहरूले भने युद्धविराममा सहमति भएको र आक्रमण स्थगित भएको जनाएका छन् ।

उनीहरुले पहिला गाजातर्फबाट हमला भएको भन्ने समाचारको भने खण्डन गरेका छन् । उनीहरुले युद्धविरामकै समयमा यताबाट हमला नभएको बताएका छन् ।

इजरायलतर्फ प्रहार गरिएका दर्जनौँ रकेटबाट केही व्यक्ति घाइते भएका छन् । त्यहाँ ठूलै हताहतको समाचार भने आएको छैन ।

प्यालेस्टिनी अधिकारीहरूले गएराति गाजा शहरमा गरिएको हवाई आक्रमणबाट केहीको ज्यान गएको बताएका छन् । यससम्बन्धी पूर्ण विवरण भने आइसकेको छैन ।

गाजातर्फ पछिल्ला केही समयमा हिंसा मच्चिएको छ । हमासका विरुद्ध इजरायलका तर्फबाट पनि ठूला हमलाहरु हुने गरेका पछिल्ला समाचारहरुमा जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...