Saturday 10th October 2026

नेकपा अध्यक्षद्वय ओली र दाहालबीच आज पनि वार्ता हुँदै


तितोपाटी- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि छलफल हुँदैछ ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता र संसदको विशेष अधिवेशन बोलाउन प्रस्ताव लैजाने सहमति भएसँगै पार्टीका अन्य विवादास्पद विषयमा सहमतिका लागि दुई नेता जुट्न लागेका हुन् ।

विवादको विषय बनेको दाहालले ओलीमाथि आरोप लगाउदै पेश गरेको राजनीतिक प्रतिवेदन र त्यसमा ओलीको प्रत्युत्तरबारे पनि आज छलफल हुनेछ ।

ओलीले सो प्रतिवेदन खारेज हुनुपर्ने अडान राख्दै आएका छन भने दाहाल र बरिष्ठ नेता माधब नेपाल पक्ष त्यसमा स्थायी समितिमै छलफल हुनुपर्ने पक्षमा छन् ।

प्रस्ताव फिर्ता गरेर संयुक्त प्रस्ताव आगामी स्थायी समिति बैठकमा पेश गर्ने मध्यमार्गी प्रस्ताव ओली पक्षले दाहाल समक्ष राखेपनि त्यसमा सहमति जुटेको छैन ।

दुबै अध्यक्षको छलफलपछि संवैधानिक परिषद बैठकको समेत टुंगो लाग्ने बताइएको छ । प्रधानमन्त्री ओलीले आजै संवैधानिक परिषदको बैठक पनि बोलाएका छन् । संवैधानिक परिषदको नियुक्तिमा पार्टीले सिफारिस गर्नुपर्ने माग नेकपामा उठ्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत्यु घोषणा गर्न सक्ने, राष्ट्रपतिबाट अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन…

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

प्रतिकृयाहरू
...