Friday 30th October 2026

कविताः विचित्र! -नारायण कोइराला


कस्तो हो? यहाँ के हुन खोजेको?
किसान धरधरी रोएको पाइयो
मरी सकेको राजतन्त्रलाई उठाउन
हजारौं मान्छे रोडमा देखियो
भाडाका मानिस भए पनि
जनसागर बनाइयो
आफ्नो आफ्नो तागत
यहाँ सबैको भेटियो।

अनि,
सरकारलाई तागत देखाउन
प्रतिपक्ष सडकमा उत्रियो
अस्ति भर्खर आफ्नो नेता
कुटेको भनी कुर्लियो ।

रोडमा अब उर्ली रहने रे
उता संसद भवनका राजाहरू
आफ्नो लडाइँ लडि जो रहेका छन्
जसरी हो,आफ्नो पोजिसन खोज्दै छन् ।

तर
उठिबास भएर काठमाडौं
गएका किसानको माग
कसले तताउने थाहा भएन
कसलाई सोध्ने कता जाने बाटो भएन ।

राम राज्य रोजेका किसान
रावण् राज्य भित्र फस्दै छन
यहाँ किन? सधै किसान मर्कामा पर्दैछन्
यहाँका रावण किसानलाई रोडमा लतार्दे छन् ।

अनि अचम्म,

हिजो पोइला गएकी विधेयक
आज फेरि फर्किन्छन् त
के रमाइलो गर्छौ बुद्धि न शुद्धि
जसरी नी देश लुट यसैमा तिमी खुसी।

नारायण कोइराला
तान्सेन, पाल्पा
हाल – यूएई ।


सम्बन्धित शीर्षकहरु

इजरायलको संसदीय निर्वाचनको नतिजा अझै अन्तिम रूपमा सार्वजनिक हुन बाँकी रहेका बेला कतारले इजरायली निर्वाचनमा हस्तक्षेप गरेको आरोपलाई अस्वीकार गरेको…

युक्रेनको मध्य क्षेत्रस्थित ड्निप्रो शहरको मुख्य रेलस्टेशनमा बिहीबार बिहान भएको रूसी ड्रोन आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने…

काठमाडौंको यातायात व्यवस्थापनलाई सहज बनाउन निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल…

प्रतिकृयाहरू
...