Sunday 3rd August 2025

पछिल्लो २४ घण्टामा जम्मा ७३६ जना संक्रमित पुष्टि


तीतोपाटी – नेपालमा पछिल्लो २४ घण्टामा जम्मा ७३६ जना कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५५५ जनाको परीक्षण गर्दा ७३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८४७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ रहेको छ । हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ९७५७ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १७४३ पुगेको छ ।

अहिलेसम्म विश्वभर ७ करोड ३९ लाख ३६ हजार भन्दा बढि मानिसहरूमा कोरोना संक्रमण देखिएको छ भने त्यस मध्येमा ५ करोड १९ लाख ४७ हजार भन्दा बढिले स्वास्थ्य लाभ गरेका छन् । अहिले सम्म कोरोना संक्रमणको कारण १६ लाख ४४ हजार भन्दा बढि मानिसको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ कुवेतले यहि अगस्त ४ तारिक नवौं महाधिवेशन गर्ने भएको छ। एन आर एन ए केन्द्र नै फुटेर…

तितोपाटी -पाल्पामा क्रियाशील ७ राजनीतिक दलले सरकारलाई पत्र मार्फत ध्यानाकर्षण गराएका छन। जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत बढ्दो महंगी, भ्रस्टाचार…

कुवेत शहर, जुलाई ३१ एक ठूलो कारबाहीमा, कुवेतको आपराधिक सुरक्षा क्षेत्रले, जसको प्रतिनिधित्व सामान्य लागूऔषध नियन्त्रण विभाग ( GDDC )…

प्रतिकृयाहरू
...