Saturday 10th October 2026

कांग्रेसको प्रदर्शन सरकार र राजावादीको आलोचना


तितोपाटी- नेपाली कांग्रेसका शिर्ष नेताहरुले सरकार, नेकपा र राजसंस्थाको पक्षमा भइरहेको आन्दोलनको आलोचना गरेका छन । सरकार विरोधी प्रदर्शनका क्रममा विभिन्न जिल्ला पुगेका कांग्रेस शिर्ष नेताहरुले सरकार कोरोना नियन्त्रणभन्दा भ्रष्टाचार र अनियमितामा लिप्त भएको आरोप लगाए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारका कारण देशमा राजसंस्था पक्षधरहरु सक्रिय भएको आरोप लगाएका छन । हटौंडामा सोमबार कांग्रेसको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले देशमा वर्तमान व्यवस्था विरुद्ध राजसंस्था पक्षधरहरुले गरेको प्रदर्शनमा कम्युनिस्ट सरकार मुख्य जिम्मेवार भएको बताएका हुन । कम्युनिष्ट सरकारका कारण देशमा राजा आउ देश बचाउ नारा लागेपनि कुनैपनि हालतमा त्यो सम्भव नभएको सभापति देउवाको भनाइ छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले ओली नेतृत्वको सरकारको गतिविधिका कारण जनता आजित भएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्ट सरकारले कात्रोमा पनि भ्रष्टाचार गरेको आरोप लगाए ।
मोरङमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै महामन्त्री शसांक कोइरालाले कोरोना संक्रमण नियन्त्रण र भ्रष्टाचार रोक्न सरकार असफल भएको बताए । विना दृष्टिको सरकारले जनतालाई दुःख दिएको उनको आरोप छ ।
उता कैलालीमा कांग्रेस नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपाको घर झगडा मिलाउन लागि परेकोमा आपत्ति जनाए । सक्ने भए काठमाडौंमा आएर चुनाव लड्न चेतावनी दिदै थापाले राजा फाल्ने जनताले राष्ट्रपति पनि फाल्ने चेतावनी दिए ।
नेता थापाले प्रधानमन्त्री ओलीलाई भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप पनि लगाए । भ्रष्टाचारी हेर्न बालुवाटार गए पुग्ने उनको भनाइ थियो । उनले आफैलाई बचाउन नसकेका राजाले जनतालाई बचाउने भ्रममा नपर्न समेत जनतालाई आग्रह गरे ।।


सम्बन्धित शीर्षकहरु

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत्यु घोषणा गर्न सक्ने, राष्ट्रपतिबाट अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन…

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

प्रतिकृयाहरू
...