Tuesday 20th January 2026

कांग्रेसको प्रदर्शन सरकार र राजावादीको आलोचना


तितोपाटी- नेपाली कांग्रेसका शिर्ष नेताहरुले सरकार, नेकपा र राजसंस्थाको पक्षमा भइरहेको आन्दोलनको आलोचना गरेका छन । सरकार विरोधी प्रदर्शनका क्रममा विभिन्न जिल्ला पुगेका कांग्रेस शिर्ष नेताहरुले सरकार कोरोना नियन्त्रणभन्दा भ्रष्टाचार र अनियमितामा लिप्त भएको आरोप लगाए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारका कारण देशमा राजसंस्था पक्षधरहरु सक्रिय भएको आरोप लगाएका छन । हटौंडामा सोमबार कांग्रेसको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले देशमा वर्तमान व्यवस्था विरुद्ध राजसंस्था पक्षधरहरुले गरेको प्रदर्शनमा कम्युनिस्ट सरकार मुख्य जिम्मेवार भएको बताएका हुन । कम्युनिष्ट सरकारका कारण देशमा राजा आउ देश बचाउ नारा लागेपनि कुनैपनि हालतमा त्यो सम्भव नभएको सभापति देउवाको भनाइ छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले ओली नेतृत्वको सरकारको गतिविधिका कारण जनता आजित भएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्ट सरकारले कात्रोमा पनि भ्रष्टाचार गरेको आरोप लगाए ।
मोरङमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै महामन्त्री शसांक कोइरालाले कोरोना संक्रमण नियन्त्रण र भ्रष्टाचार रोक्न सरकार असफल भएको बताए । विना दृष्टिको सरकारले जनतालाई दुःख दिएको उनको आरोप छ ।
उता कैलालीमा कांग्रेस नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपाको घर झगडा मिलाउन लागि परेकोमा आपत्ति जनाए । सक्ने भए काठमाडौंमा आएर चुनाव लड्न चेतावनी दिदै थापाले राजा फाल्ने जनताले राष्ट्रपति पनि फाल्ने चेतावनी दिए ।
नेता थापाले प्रधानमन्त्री ओलीलाई भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप पनि लगाए । भ्रष्टाचारी हेर्न बालुवाटार गए पुग्ने उनको भनाइ थियो । उनले आफैलाई बचाउन नसकेका राजाले जनतालाई बचाउने भ्रममा नपर्न समेत जनतालाई आग्रह गरे ।।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...