Sunday 26th July 2026

फेसबुक म्यासेन्जर र इन्स्टाग्राममा समस्या


तितोपाटी- लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा प्राविधिक समस्या आएको छ । फेसबुकअन्तगर्तका म्यासेन्जर, इन्स्टाग्राममा समस्या देखिएको हो ।

म्यासेन्जरमार्फत सन्देश पठाउँदा इन्टरेट कनेक्सन नभएको बताउनुका साथै सन्देश जान ढिलो हुने समस्या देखिएको हो । विश्वभरबाट लाखौँ प्रयोगकर्ताले फेसबुकलाई उक्त समस्याका बारेमा रिपोर्ट गरेका छन् । यस्तै, फेसबुक लग इन गर्न पनि समस्या भएको केही प्रयोगकर्ताले बताएका छन् ।
बिहीबार अपरान्हबाट उक्त समस्या आएको हो । यो समस्याको कारण के हो र यो कति लामो समयसम्ममा समाधान हुन्छ भने एकिन नभएको बताइएको छ ।
फेसबुकका प्रवक्ताले पनि केही प्रयोगकर्ताहरूबाट म्यासेन्जर, इन्स्टाग्राम र वर्कप्लेस च्याटमा सन्देश पठाउन समस्या भएको रिपोर्ट गरेको बताएको डेलिमेलले उल्लेख गरेको छ ।
‘हामी यी माध्यममा देखिएका समस्याबारेमा सचेत छौँ’ फेसबुकका प्रवक्ताले भने, ‘छिटोभन्दा छिटो समस्या समाधान गर्नका लागि प्रयास भइरहेको छ ।’


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै दिएको "एक पटकको नेपाली, सधैँको नेपाली" भन्ने अभिव्यक्तिले विदेशमा रहेका लाखौँ…

मलेसियाले एक अमेरिकी–इजरायली दोहोरो नागरिकलाई देश छोड्न निर्देशन दिएको छ। मलेसियाली अधिकारीहरूले उक्त व्यक्तिसँग इजरायली नागरिकता रहेको पत्ता लगाएपछि यस्तो…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जारी सैन्य कारबाहीमा केही समयका लागि रोक लगाउने निर्देशन दिएको बताइएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत…

प्रतिकृयाहरू
...