Wednesday 22nd July 2026

सियोना श्रेष्ठको उपचारका लागी कुवेतबाट आर्थिक सहयोग


तितोपाटी- कुवेतको अल्मुल्ला क्लिनिङ् कम्पनीमा कार्यरत नेपालीहरुले पोल्यान्डमा स्पाइनल मस्कुलर एट्रोफी ( SPINAL MUSCULAR ATROPHY (SME-1)रोगको उपचारार्थ सियोना श्रेष्ठको उपचारका लागी आर्थिक सहयोग गरेको छ।

कोरोना महामारीको समयमापनि सहयोगी भावना बोकेर बिरामी १३ महिने बालिका सियोना श्रेष्ठको लागि नेपालीहरुको चाड तिहारको अवसरमा कम्पनीकै महिलाहरुको आवासभित्र सिर्जना सुनार र साथीहरु मिलेर देउसीभैलो खेलि संकलन गरिएको साहयोगार्थ रकम कुवेती १सय ६ दिनार ७५० फिल्स (नेपाली रुपैया ४० हजार ४ सय ५८ रुपैयाँ) बिरामी १३ महिने बालिको सियोना श्रेष्ठको नाममा रहेको खाता नम्बर २०६५००००००३१५२४ बैंक अफ काठमाण्डू लिमिटेड शाखा परासी, खातामा जम्मा गरिएको उनले जानकारी दिएकी छन् l
सहयोगी भावना बोकेकी सिर्जना सुनार लगाएत साथीहरुले सियोनाको बचाउका लागी सानै भएपनि सहयोग गरेर पर्खालमा इटा थप्न सफल पारिदिनु हुने सम्पूर्ण सहयोगीदाताहरुलाई धन्यवाद ब्यक्त गरेकी छिन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षामन्त्री पिट हेगसेथ (Pete Hegseth) ले इरानसँग जारी युद्धका क्रममा अमेरिकाको सैन्य खर्च अहिलेसम्म ३७.५ अर्ब अमेरिकी डलर पुगेको…

कुवेतको विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालय ले ऊर्जा तथा पानी आपूर्ति प्रणालीलाई स्थिर राख्न आपतकालीन प्रयास तीव्र बनाएको छ।…

अमेरिका–इरानबीच बढ्दो तनावका बीच अमेरिकाका B-1 Lancer रणनीतिक बमवर्षक विमानहरू बेलायतबाट मध्यपूर्वतर्फ प्रस्थान गरेको विभिन्न रिपोर्टहरूले जनाएका छन्। यी विमानहरू…

प्रतिकृयाहरू
...