Friday 14th November 2025

सियोना श्रेष्ठको उपचारका लागी कुवेतबाट आर्थिक सहयोग


तितोपाटी- कुवेतको अल्मुल्ला क्लिनिङ् कम्पनीमा कार्यरत नेपालीहरुले पोल्यान्डमा स्पाइनल मस्कुलर एट्रोफी ( SPINAL MUSCULAR ATROPHY (SME-1)रोगको उपचारार्थ सियोना श्रेष्ठको उपचारका लागी आर्थिक सहयोग गरेको छ।

कोरोना महामारीको समयमापनि सहयोगी भावना बोकेर बिरामी १३ महिने बालिका सियोना श्रेष्ठको लागि नेपालीहरुको चाड तिहारको अवसरमा कम्पनीकै महिलाहरुको आवासभित्र सिर्जना सुनार र साथीहरु मिलेर देउसीभैलो खेलि संकलन गरिएको साहयोगार्थ रकम कुवेती १सय ६ दिनार ७५० फिल्स (नेपाली रुपैया ४० हजार ४ सय ५८ रुपैयाँ) बिरामी १३ महिने बालिको सियोना श्रेष्ठको नाममा रहेको खाता नम्बर २०६५००००००३१५२४ बैंक अफ काठमाण्डू लिमिटेड शाखा परासी, खातामा जम्मा गरिएको उनले जानकारी दिएकी छन् l
सहयोगी भावना बोकेकी सिर्जना सुनार लगाएत साथीहरुले सियोनाको बचाउका लागी सानै भएपनि सहयोग गरेर पर्खालमा इटा थप्न सफल पारिदिनु हुने सम्पूर्ण सहयोगीदाताहरुलाई धन्यवाद ब्यक्त गरेकी छिन् ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...