Thursday 8th October 2026

कविताः गणतन्त्र कि एकतन्त्र ? -नारायण कोइराला


के हो यो ?
न छ प्रतिपक्षको आवाज ,
न कुनै छ विकासको रूप।
छ त केवल अँध्यारो अनि मौनता
चिर्न नसकिने गरिबी अनि
अनकन्टार अवस्थाको पीडा

अनि ,
भष्टाचार पनि गर्दिन
गर्न पनि दिन्न भनेको
एसियामा प्रथम भएछौ
कस्तो अचम्म! भ्रष्टचारमा

के भो?
भनेर सोध्ने कसलाई
यहाँ के हुँदैछ भनी
आफनो /आफ्नो धुनमा
लुका छिपी अनि चुस्ने विचारमा पनि

के आयो?
भनेर सोच्ने समय
अब आएको हो कि
जुकाले रगत चुसी रहे जस्तो
कस्तो हो यो अवस्था हेर्दा खेरि

को संग सोध्ने?
को हो यहाँको जनताको
पीरमर्का बुझ्ने
युवा जति खाडीमा
बुढा नेता सबै गाडीमा

किन?
यसो सिर उठाउँदा
आकाशमा सुन्यता
यसरी किन छायको होला
गल्ती जनताको की
कसको? कसलाई सोध्ने होला?

के हो यो?
अब त यहाँ न मर्नु
न जिउनु भयो
गरिबीको लोगों लिएर
दुनियामा घुम्नु पर्ने दिन आयो

अब मैले ,
सोध्न पाउने की नपाउने
देश लुटिदै छ जनता कुटिदै छ
यस्तो अवस्था हेर्दा देशमा
गणतन्त्र छ कि एकतन्त्र ?

 

-नारायण कोइराला
ता न पा ७ लामडाडा
(हाल ,यूएई)


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...