Thursday 29th October 2026

गजल -धर्मिला कार्की


तिमीसँगै प्रित गाँसी शहरमा डुल्न मन छ ।
मनको भारी बिसाएर पिर ब्यथा भुल्न मन छ ।।

जोडी ढुकुर कुर्लिए झैं वर पिपलको छहारीमा
तिम्रो काखमा निदाएर दायाँबायाँ झुल्न मन छ ।।

तिम्रै नामको मेहेन्दी लगाएर हराभरा भई
त्यो मनको बगैँचामा गुलाफ झैं फुल्न मन छ ।।

बाँच्नु पर्छ हाँसी खुशी दुनिया रंगीन बनाउदै
शरद मासमा बिहानीको आकाश झैं खुल्न मन छ ।।

मनमुटु समर्पित गरें चोखो माया गाँस्नलाई
जिन्दगी नै धितो राखी साँवा ब्याज असुल्न मन छ ।।

-धर्मिला कार्की
इनरुवा-६ , सुनसरी
हाल: महाराजगञ्ज, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...