Tuesday 23rd December 2025

गजल -धर्मिला कार्की


बुद्ध र सगरमाथा हुन् चिनारी नेपालको ।
विर गोर्खालीको नामले छ पल्ला भारी नेपालको ।।

छिमेकीले हस्तक्षेप गरेका छन् हरेक गौरवमा
पहिचानको अस्तित्व नै संकटमा पारि नेपालको ।।

सिर्जनशील पुर्खाको मेहनतले बनेका ती
खाली खालीछन् उर्वर खेतबारी नेपालको ।।

नेताले स्वाभिमान, नदी-नाला, सम्पदा बेच्नाले
विदेशीले रित्याई दिएकाछन् भकारी नेपालको ।।

स्वर्ग देश उजाडियो हराभरा भयो मरुभूमि
युवा जोश विदेशमा लगानी छ जारी नेपालको ।।

लौ न प्रभु देश र जनता बचाउने जन्माइदेऊ
राष्ट्रप्रेमी, पहिचान जोगाउने अधिकारी नेपालको ।।

-धर्मिला कार्की
इनरुवा-६, सुनसरी
हाल: महाराजगञ्ज, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

प्रतिकृयाहरू
...