Thursday 29th October 2026

गजल -धर्मिला कार्की


नारीलाई खेलौना झैं नठान ए लोग्नेमान्छे ।
राज्यको दोस्रो दर्जा झैं नमान ए लोग्नेमान्छे ।।

नारी बिना तिम्रो अस्तित्व नै सम्भव नहुँदा
दिनदिनै कोपिलालाई छुरा नहान ए लोग्नेमान्छे ।।

कुनै पनि क्षमताको कमी नै छैन नारीमा
अवसरको चाल्नीमा नछान ए लोग्नेमान्छे ।।

एक्काइसौं शताब्दीको वैज्ञानिक युग हो यो
सति प्रथाको जमानामा नतान ए लोग्नेमान्छे ।।

नारी हक अधिकारका ठूलाठूला भाषण त छाँट्छौ
तर घरकै नारी मनसँग छौं अन्जान ए लोग्नेमान्छे ।।

-धर्मिला कार्की
इनरुवा-६, सुनसरी
हाल: महाराजगञ्ज, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...