Tuesday 7th May 2024

लमजुङकी जमुना बिकको कुवेतमा भारतीय प्रेमीद्वारा हत्या


हरि कृष्ण न्यौपाने- लम्जुङ घर भई केही समय देखि कुवेतमा कार्यरत लम्जुङककी जमुना बिकको कुवेतमा हत्या भएको छ। जमुनालाई उनकै भारतीय प्रेमीले अक्टोबर २१ तारिक, बुधबार-२०२० का दिन आफ्नै कोठामा हत्या गरेका हुन।

अरबटाइम्समा प्रकाशित समाचारमा भनिएको छ”अर्को पुरुषसंग जमुनाको सम्बन्ध रहेको कारण भारतीय प्रेमीले उनको हत्या गरेका हुन।आफ्नै कोठामा सिरानीले मुख थुनेर जमुनाको हत्या गरिएको समाचारमा जनाइएको छ।मृतकको शरिरमा कुनै निलडाम नदेखिए पनि उनीहरु बिच झगडा भएको छिमेकीले बताए पछि कुवेत प्रहरीले जमुनाको प्रेमीलाइ पक्राउ गरेको थियो भने प्रहरीको केरकार पछि ती भारतीय नागरिकले आफुले हत्या गरेको स्विकारेका छन।

उक्त घटनाको सम्बन्धमा नेपाली राजदूतावास कुवेतका द्वितिय सचिब श्रीकृष्ण सिलवालले भने, ” हत्या भएकी नेपाली महिला लम्जुङ घर भएकी जमुना बिक भएको पुष्टि भएको छ।” सिलवालले थपेफ ” मृतकको विवरण हेर्दा उनी भारतको बाटो हुँदै आएको देखिएको छ। उनले श्रम गरेर आएको कुनै अभिलेख देखिदैन, कुनै कागजात नभएकोले पूरा विवरण भने पाउन सकिएको छैन।नेपाली राजदूतावाससंग मृतकको परिवारका सदस्यहरुको सम्पर्क भैसकेको हुनाले सम्बन्धित निकायहरुसंग समन्वय गरेर कानुनी प्रकृयामा दूतावास लागि सकेको छ।”


सम्बन्धित शीर्षकहरु

एजेन्सि- इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्ता निष्कर्षविहीन हुनुको दोष इजरायली प्रधानमन्त्री…

ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै…

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

प्रतिकृयाहरू
...