Monday 19th January 2026

पर्सामा कार्यकर्ता हत्या गर्ने जोसुकै भए पनि तुरुन्त कारबाही गरियोस – प्रचण्ड


सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्सामा पार्टीका कार्यकर्ता हत्या गर्ने जोसुकै भए पनि तुरुन्त कारबाही गर्न सरकारसँग माग गरेका छन्।  आइतबार बेलुका विज्ञप्ति जारी गर्दै प्रचण्डले हत्याजस्तो जघन्य अपराधमा पनि सम्बन्धित स्थानीय निकायले उजुरी लिन आनकानी गरिनु आश्चर्यको विषय भएको बताएका हुन्।

‘यस सम्बन्धमा पार्टी जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट हत्याको भर्त्सना गर्दै क. चौरसियालाई सहिद घोषणा गर्न तथा हत्यारालाई कडा कारबाही गर्न माग गर्दै वक्तव्य जारी भएको पनि विदित नै छ,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘म पार्टी केन्द्रको कार्यकारी अध्यक्षको हैसियतले उक्त वक्तव्यको समर्थन गर्दै दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछु।’

नेकपा अध्यक्ष प्रचण्डद्वारा जारी गरेको बिज्ञप्ति जस्ताको तस्तै:-

-नागरिकन्युजबाट

 


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...