Wednesday 22nd July 2026

नेपाली जन- सम्पर्क समिती कुवेतको नवौं वार्षिकोत्सब तथा साधारणसभा सम्पन्न


तीतोपाटी – नेपाली जन-सम्पर्क समिती कुवेतको नवौं वार्षिकोत्सब तथा साधारण सभा सम्पन्न भएको छ । कुवेत स्थित फिन्तासको नेपाली भोजनालय हलमा गत शुक्रबारको दिन जन- सम्पर्क समिती कुवेतका सभापति राजेन्द्र बिरहीको सभापतित्वमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा zoom भर्चुअलको माध्यमबाट प्रमुख अतिथिमा नेपाली काङ्ग्रेसका सहमहामन्त्री प्रकाश चरण महत रहेका थिए । भने बिशेष अतिथिमा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ, सुजता परियार सीता गुरुङ, गोबिन्द भट्टराई, प्रकाश रसाइली ‘स्नेही’ र नेपाल महिला संघको उपाध्यक्ष सरस्वती अर्याल ‘तिवारी’ रहेका थिए । साथै विश्वभरका नेपाली जन – सम्पर्क समितिका पदाधिकारीहरु पनि zoom भर्चुअलको माध्यमबाट जोडिएका थिए ।

कार्यक्रममा सभापति राजेन्द्र बिरही रहित पदाधिकारीले दिप प्रज्वलन गरि केक काटेर कार्यक्रमको समुदघाटन गरेका थिए भने कार्यक्रम महामन्त्री केशर तामाङ घलानले संचालन गरेका थिए । कार्यक्रममा zoom भर्चुअलको माध्यमबाट प्रमुख अतिथि लगायत विशेष अतिथिले शुभकामना मन्तव्य राखेका थिए ।

विश्वभरमा कोरोना भाइरसले आक्रान्त पारिरहेको कारणले गर्दा कार्यक्रम स्थलमै प्रमुख अतिथि, विशेष अतिथिलाई उपस्थित गराउन असमर्थ भएको साथै कुवेतमा कृयाशिल संघ सस्थाका प्रतिनिधिलाई समेत निमन्त्रणा नगरी जन- सम्पर्क समिती कुवेतको पदाधिकारी लगायत सदस्यहरू मात्र उपस्थित भई सामाजिक दुरि कायम राखी कार्यक्रम सम्पन्न भएको सभापति राजेन्द्र बिरहीले जानकारी दिएका छन ।

अन्त्यमा सभापति राजेन्द्र बिरहीले नवौं वार्षिकोत्सब भब्यताका साथ सम्पन्न गर्नको निम्ति zoom भर्चुअलको माध्यमबाट जोडिएका प्रमुख अतिथि र विशेष अतिथि लगायत कार्यसमितिका पदाधिकारी लाई हार्दिक धन्यवाद प्रकट गर्दै कार्यक्रमको समापन गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षामन्त्री पिट हेगसेथ (Pete Hegseth) ले इरानसँग जारी युद्धका क्रममा अमेरिकाको सैन्य खर्च अहिलेसम्म ३७.५ अर्ब अमेरिकी डलर पुगेको…

कुवेतको विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालय ले ऊर्जा तथा पानी आपूर्ति प्रणालीलाई स्थिर राख्न आपतकालीन प्रयास तीव्र बनाएको छ।…

अमेरिका–इरानबीच बढ्दो तनावका बीच अमेरिकाका B-1 Lancer रणनीतिक बमवर्षक विमानहरू बेलायतबाट मध्यपूर्वतर्फ प्रस्थान गरेको विभिन्न रिपोर्टहरूले जनाएका छन्। यी विमानहरू…

प्रतिकृयाहरू
...