Wednesday 9th September 2026

नवदुर्गा पुजनार्थ सप्तदश: सुसेली -हरि शर्मा (गलकोटे कवि)


हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा ।१। 🌷🙏🌺

मेरो हवेली
अरु केही नहुँदा
दिएँ सुसेली ।२। 🌷🙏🌺

मनोभावना
विजयादशमीको
शुभकामना ।३। 🌷🙏🌺

घटस्थापना
घरघर कलश
राखौँ कुनामा।४। 🌷🙏🌺

घटस्थापना
कलशमा थापेर
दुर्गा पुजन ।५। 🌷🙏🌺

राख जमरा
सबैजना राख है
ढिला नगर ।६। 🌷🙏🌺

नवदुर्गाको
पुजा गर्दा घरमा
शक्ति बढ्ने हो ।७। 🌷🙏🌺

नवदुर्गाको
प्रथम रुप त्यो
शैलपुत्री हो ।८। 🌷🙏🌺

ब्रम्हाचारिणी
दोस्रो रुप दुर्गाको
भनी मानिने ।९। 🌷🙏🌺

चन्द्रघण्टाको
तेस्रो रुप देवीको
हुने मानियो ।१०। 🌷🙏🌺

भनी कुष्माण्डा
चौथो रुप देवीको
अति मान्य छ ।११। 🌷🙏🌺

स्कन्दमाताको
पाँचौ रुप देवीको
मानी आएको ।१२। 🌷🙏🌺

कात्यायनीको
छैठौँ रुप देवीको
सबै ठानेको ।१३। 🌷🙏🌺

कालरात्रीको
सातौँ रुप देवीको
सबै मानेको ।१४। 🌷🙏🌺

आठौँ रुप त्यो
महागौरी मानिन्छ
नवदुर्गाको ।१५। 🌷🙏🌺

सिध्दिदात्रीको
नवौं रुप दुर्गाको
सबै मानेको ।१६। 🌷🙏🌺

रुप अनेक
सबैजना मिलेर
पूजा गर्नु छ ।१७। 🌷🙏🌺

हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

प्रतिकृयाहरू
...