Sunday 11th October 2026

पछिल्लो २४ घण्टामा ३७४९ जनामा संक्रमण पुष्टि, ३५६४ डिस्चार्ज


तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ‍

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।
आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ रहेको छ । १२ हजार ३ सय ३९ जना संस्थागत आइसोलेसनमा छन् भने २४ हजार १ सय ९४ जना होम आइसोलेसनमा छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ५ सय ६४ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ८४ हजार ५ सय १८ पुगेको मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म १२ लाख ३७ हजार ६ सय ३६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक छ । देशभर ४ हजार ८ सय २५ जना क्वारेन्टाइनमा छन् ।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४…

प्रतिकृयाहरू
...