Thursday 20th August 2026

परदेशीको दशै पीडा


तितोपाटी- बसेको होलान घरमा आमा बुवा जमरा छरेर
परदेशी छोरो सम्झिदै रुदै होलान मुर्छा परेर।
सोचेको थिए दशैमा आउन्छु टीका जमरा लगाउन
बिदेश मा अलपत्र परेको छु सकिन धन कमाउन।।
गाउँ मा सबैको मनमा भको होला खुसी र हर्ष
त्यतीकै खेर जानी भो घरमा टीका जमरा यो वर्ष।।
मुछ्दै होलीन टीका आमाले आँसुको धाराले
परदेशमा बसि दुख पाका छन दाजुभाइ साराले।।
खरको छानो टिनले छाउन्छु भन्दै सपना बोकेर
परदेशी भुमिमा बसेको छु हत्केला ले मुख छोपेर।।
घर आउन्छु भन्दै कम्पनीमा बसेको थिए छुट्टी मागेर
दुखी को जिन्दगी आउन पाईन कोरोना लागेर।।
एस के चौलागाई
हाल- कुबेत


सम्बन्धित शीर्षकहरु

रूसले बिहीबार राति युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा गरेको व्यापक मिसाइल तथा ड्रोन आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध “अहिलेसम्मकै सबैभन्दा कडा आर्थिक अभियान” घोषणा गरेका छन्। उनले इरानसँग व्यापार वा आर्थिक सम्बन्ध राख्ने…

चीनमा निर्मित COMAC C919 यात्रुवाहक विमानले पहिलो पटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान पूरा गरेको छ। अगस्ट १२, २०२६ मा Air…

प्रतिकृयाहरू
...