Monday 21st July 2025

बाँदर प्रवृति- नेपाली लोक छन्द


तितोपाटी-

कोरोना अर्थ असल मान्छे घरैमा गुँम्सिए।
निस्कन खोज्ने हरुको खुट्टा कसैले तान्दिए।
भ्यागुताहरु खुट्टा तान्नमा तँंछाड मँछाड।
बाँदरलाई अरुको काम बिगार्न हतार।

रोपेको बिज चराहरुले खाएर सिध्याए।
बँचेको कतै उम्रेको थियो वाँदर रमाए।
भ्यागुता र बाँदरहरु प्रशस्त कमाए।
सज्जनहरु कुनामा बसी पुर्पुरो समाए।

फलाम काटी फलामलाई कुनामा फाल्दियो।
रावणलाई उसैको आफ्नो भाइले मार्दियो।
दाजु र भाइ सगोत्री पनि घात नै गर्दछन्।
दुर्जनहरु फैलेर जान्छन सज्जन मर्दछन् ।

सज्जनलाई लोकमा ऐले प्रशस्त सास्ती छ।
दुष्टहरुको रजाईँ चल्छ उनैको मस्ती छ।
मानवलाई दानवहरु मिलेर सताए।
घरमा गई हमला गरे घरबाट हटाए।

सज्जनको घर दुर्जनहरु उफ्रने अखडा।
भाग र बण्डा नमिल्ने दिन हुनेछ झगडा।
सबैको मत एउटै भई जुटेका बाँदर।
बिगार्न शुरु भएछ क्यार देखियो तर्खर ।

हरि शर्मा
मिशिगन, अमेरिका ।

 


सम्बन्धित शीर्षकहरु

कुवेतबाट प्रकाशित मुलधारको अंग्रेजी दैनिक को एउटा होस उडाउने समाचार प्रकाशित भएको छ जसले भनेको छ की गत बर्ष २०२४…

मानाडो - इन्डोनेसियाको सुलावेसी टापुबाट आइतबार सयौं मानिसहरू बोकेको एउटा यात्रुवाहक डुङ्गामा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले…

तितोपाटी- नेपाली नारीहरूको महान पर्व  हरितालिका तीजको अवसर पारेर  पाल्पाली समाज युएईले अथिति कलाकारको साथमा भब्य रुपमा मनाउने भएको छ।…

प्रतिकृयाहरू
...