Monday 8th June 2026

बाँदर प्रवृति- नेपाली लोक छन्द


तितोपाटी-

कोरोना अर्थ असल मान्छे घरैमा गुँम्सिए।
निस्कन खोज्ने हरुको खुट्टा कसैले तान्दिए।
भ्यागुताहरु खुट्टा तान्नमा तँंछाड मँछाड।
बाँदरलाई अरुको काम बिगार्न हतार।

रोपेको बिज चराहरुले खाएर सिध्याए।
बँचेको कतै उम्रेको थियो वाँदर रमाए।
भ्यागुता र बाँदरहरु प्रशस्त कमाए।
सज्जनहरु कुनामा बसी पुर्पुरो समाए।

फलाम काटी फलामलाई कुनामा फाल्दियो।
रावणलाई उसैको आफ्नो भाइले मार्दियो।
दाजु र भाइ सगोत्री पनि घात नै गर्दछन्।
दुर्जनहरु फैलेर जान्छन सज्जन मर्दछन् ।

सज्जनलाई लोकमा ऐले प्रशस्त सास्ती छ।
दुष्टहरुको रजाईँ चल्छ उनैको मस्ती छ।
मानवलाई दानवहरु मिलेर सताए।
घरमा गई हमला गरे घरबाट हटाए।

सज्जनको घर दुर्जनहरु उफ्रने अखडा।
भाग र बण्डा नमिल्ने दिन हुनेछ झगडा।
सबैको मत एउटै भई जुटेका बाँदर।
बिगार्न शुरु भएछ क्यार देखियो तर्खर ।

हरि शर्मा
मिशिगन, अमेरिका ।

 


सम्बन्धित शीर्षकहरु

इरानले इजरायलमाथि नयाँ मिसाइल आक्रमण गरेको छ, जसलाई इजरायली सेनाले अवरोध गरेको जनाएको छ। बेरुतमा भएको आक्रमणपछि इरानले प्रतिकार गर्ने…

वास्तवमा, वैज्ञानिकहरूले मंगल ग्रह पूर्ण रूपमा "विनाश" भएको ग्रह हो भनेर मान्दैनन्, तर एक समय पृथ्वीजस्तै बढी सक्रिय र सम्भवतः…

सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आइतबार सम्पन्न एशियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिता २०२६ को पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानमाथि ८…

प्रतिकृयाहरू
...