Monday 4th August 2025

सानूको यादमा – छबिराम सुनार


सानूको यादमा

आज तिमी खुशी छैनौं थाहा भयो मलाई

म पनि त रोएको छु मुटु जलाई जलाई ।

 

मलाई भोक छैन प्यास छैन छट्पटी हुन्छ

तिमीलाई दुख्दा मलाई दुख्छ गडबडी हुन्छ ।

 

दिल दुख्छ आसु सुक्छ रुन्छु भित्र भित्र

टुलुटुलु हेरेको छु मैले तिम्रो मानचित्र ।

 

तिम्रो बोली तिम्रो इज्जत सम्झी टोलाइ रहे

फोटो हेर्दै मेरो सानू तिमीलाई बोलाई रहे ।।

रचनाकार – छबिराम सुनार (निर्दोष)

नवलपुर, नेपाल

हाल कुवेत


सम्बन्धित शीर्षकहरु

देइर अल-बलाह, गाजा पट्टी: भोकमरी, अभाव र सहायता वितरण स्थलहरू नजिकै घातक अराजकतामाथि अन्तर्राष्ट्रिय आक्रोशको बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका…

गैरआवासीय नेपाली संघ कुवेतले यहि अगस्त ४ तारिक नवौं महाधिवेशन गर्ने भएको छ। एन आर एन ए केन्द्र नै फुटेर…

तितोपाटी -पाल्पामा क्रियाशील ७ राजनीतिक दलले सरकारलाई पत्र मार्फत ध्यानाकर्षण गराएका छन। जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत बढ्दो महंगी, भ्रस्टाचार…

प्रतिकृयाहरू
...